सुन्दरी प्रतियोगितामा युवतीहरुबीच भुत्लाभुत्ली भएपछि…
ABC Khabar Sansar
7:00 PM
0


यो प्रतियोगिता ब्राजिलको उत्तरी क्षेत्रमा चलिरहेको थियो । शीसलानेको यो हर्कतबाट सहभागीहरु सबै आतंकित भए । कतिपय यस्ता सहभागी पनि थिए जो यो घटनाप्रति ताली बजाइरहेका थिए ।
कार्यक्रममा शीसलानेले कैरोलिनाको शिरबाट ताज खोसेर भुँईमा मात्र पछारिनन् । उनीतर्फ औला ठ्डयाउँदै बेइज्जत गर्ने कोशिस पनि गरिन् । उनले अनेकन गालीको वर्षा गरिन् । कार्यक्रम हलबाट बाहिर निस्किइन् ।
यो घटनापछि शीसलाने ह्याल्लेले कैरोलिनाले गलत तरिकाबाट प्रतियोगिता जितेको बताइन् । उनले उनी यो टाइटल जित्न लायक नभएको बताइन् । घटनापछि विजेता कैरोलिनाले यति मात्र भनिन्, यो पुरै घटना विश्वास गर्न लायक छैन । उनले भनिन्–म यो सम्पूर्ण घटना शब्दमा बयान गर्न सक्दिनँ ।



No comments