मलेसियामा फेरी एक नेपाली युवाको मृत्यु
ABC Khabar Sansar
5:50 AM
0


मोरङ मधुमल्ला–४ निवासी ३१ वर्षीय गोपाल बोहोराको सुतेकै ठाउँमा मृत्यु भएको हो । तीन महिनाअघि मलेसिया पुगेका बोहोराको यही माघ १६ गते मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक बोहोराका भाइ भुपालका अनुसार १५ गते बेलुका घरमा फोन गरेका दाजुको १६ गते बिहान मृत्यु भएको खबर आएको थियो । मृत्युको कारण खुल्न नसकेकोे उहाँले बताउनुभयो ।
श्रीमतीसहित एक छोरी भएका मृतक बोहोराको शव नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ ।

No comments