Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News



काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

सिआइबीले पक्राउ गरेका नक्कली प्रमाणपत्रधारी ३६ जनाको नाम आइतबार सार्वजनिक गरेको छ। सिआइबीका अनुसार नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषदद्वारा संयुक्त रुपमा गरिएको छानविनपछि नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका हुन्।

सिआइबीले नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता नम्बर प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेविरुद्ध ‘अपरेशन क्वाक’ नामको कारवाहीका क्रममा ३६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ६ जना महिला छन् भने ३० पुरुष छन्। उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सिआइबीले उल्लेख गरिएको छ।

स्रोतका अनुसार प्रकाउ परेका ३६ मध्ये ३५ जनाले बिहारको सर्टिफिकेट देखाएर मेडिकल अभ्यास गर्दै आएको विवरण सिआइबीको प्ररम्भिक अनुसन्धानमा देखिएको छ।

पक्राउ डाक्टरको सूचि हेर्नोस्


एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडएको गाजियावादमा एक होटलमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले छापा मार्न जाँदा देखिएको दृश्यले भने सबैलाई चकित तुल्यायो । त्यहा पुरै एउटा मोजको कारखाना नै चलिरहेको थियो ।

६ युवती र ६० पुरुष अस्तव्यस्त अबस्थामा थिए । उनीहरुलाई लाखौं रकम सहित पक्राउ गरिएको छ ।

उक्त पार्टीबाट २० वर्षदेखि ५० वर्ष सम्मका ठूला ठूला व्यापारीहरु ६ जना कलेजका युवतीहरुसहित समातिएका हुन् ।
रक्सी सेवन गर्दै युवतीहरुसँग लठ्ठिएका थिए । उनीहरु मध्ये केही हिमाञ्चल, पञ्जाब, हरियाणा देखि आएका थिए ।

प्रहरीले जस्तो हालतमा भेटेको थियो त्यो हालत भन्न नसकिने बताएको छ । होटलको बाहिर रहेका २० वटा गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।
एजेन्सी । मंगोलियाको सोंगिनो खैरखान प्रान्तमा करिब दुई सय वर्ष पूरानो एक ममीफाइड बौद्ध भिक्षु फेला परेका छन् । गत महिना २७ जनवरीका भेटिएको भिक्षुको मृत्यु अझै नभएको दावी गरिएको छ। उनी गहिरो चिन्तन (डीप मेडिटेशन)मा रहेको दावी गरिएको हो । साइबेरियन टाइम्सका अनुसार भिक्षुले जनावरको छाला ओढेका थिए । उनी पद्यासन अर्थात पोजमा बसेको अवस्थामा भेटिएका थिए ।

यी भिक्षु २ सय वर्ष बितिसक्दा पनि बसेको मुद्रामै छन् । एउटा खुट्टा माथि उनको एउटा हात देखिएको छ । उनी ध्यान मुद्रामा छन् । चर्चित तिब्बती धर्मगुरु दलाई लामाका चिकित्सक बैरी केरजितका अनुसार भिक्षु ‘तुकडम’ अवस्थामा छन् । तुकडमलाई मेडिटेशनमा सबैभन्दा गहिरो मुद्रा मानिन्छ । उनले भने–तुकडम अवस्थामा रहेका कयौ भिक्षुको रेखदेख गर्ने अवसर मैले पाएको छु । केरजिनका अनुसार यदि कुनै व्यक्ति यो अवस्थामा तीन हप्ताभन्दा बढी रह्यो भने उसको शरीर खुम्चन थाल्छ । त्यसो त यो अवस्थासम्म निकै कमै भिक्षु पुग्ने गर्दछन् । उनले भने–यो अवस्थामा भिक्षुको कपाल, छाला र नङमा कुनै हानी पुग्दैन ।

त्यो सधैं कायम रहन्छ । यस्तो अवस्थामा जो उक्त भिक्षुको निकटका व्यक्ति हुन्छ उसले आकाशमा कयौ दिनसम्म चम्कदै गरेको इन्द्रधनुष देख्ने गर्दछ । इन्द्रधनुष देखिनुको अर्थ उक्त व्यक्तिले रेन्बो बडी प्राप्त गर्नु हो । यो उच्चतम स्तर हो, यसप्रकारका व्यक्ति भगवान बुद्ध नजिक पुग्ने गर्दछ । स्थानीय समाचारपत्रका अनुसार एक जनाल व्यक्तिले कोब्डस्क क्षेत्रको गुफामा यी बौद्ध भिक्षुलाई देखेका थिए । उनले भिक्षुलाई घर ल्याएर कयौ दिन राखे । त्यसपछि उनले मंगोलियाको राजधानी उलान बटोरस्थित आफ्नो घरमा लुकाए । उक्त व्यक्तिको नामक एनहतोर बताइएको छ। उनले यो ममीफाइड भिक्षुलाई कालो बजारमा बेच्ने प्रयास गरेका थिए । उनको योजना प्रहरीले थाहा पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

एनहतोर अहिले प्रहरी हिरासतमा रहेका छन् । उनलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने बताइएको छ। त्यति मात्र होइन, आरोप पुष्टि भए ४३ हजार डलर जरिवानासमेत हुने कानुनी व्यवस्था रहेको बताइएको छ। बौद्ध भिक्षुलाई भने अहिले नेशनल सेन्टर अफ फोरेन्सिक एक्सपर्टाइजको निगरानीमा राखिएको छ। यी बौद्ध भिक्षुको ममीफाइट बडी १२औं पन्डित हम्बो लामा टासी दोर्जे इटिलिजोभ (१८५२–१९२७ का गुरु भएको मानिएको छ।

उनका शरीर पनि यस्तै अवस्थामा भेटिएको थियो । तर, टासी दोर्जेको मामिलामा उनले आफ्ना अनुयायीहरुलाई आफ्नो शरीर मृत्युको ३० वर्षपछि निकाल्न भनेको बताइएको छ। टासी दोर्जेका अनुयायीहरुलाई पनि उनको शरीर पद्यासनमै फेला परेको थयो । शरीरमा कुनै हानीसमेत पुगेको थिएन ।
चिबा । जापानमा एक सयभन्दा बढी महिलालाई लागुपदार्थ खुवाइ यौन शोषण गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा अध्ययनका लागि भनी प्रकाशन भएको विज्ञापनलाई आधार मानी ती पुरुषको सम्पर्कमा पुगेका दर्जनौँ महिलाले सन् २०१३ को नोभेम्बरसम्म दुई वर्षसम्म निरन्तर रुपमा आफूहरुको यौन शोषण भएको खुलासा गरेका हुन् ।

हिदेयुकी नोगुची नाम गरेका ५४ वर्षीय एक पुरुषले यी महिलालाई पीडाकम गर्ने औषधि दिने गरेको र उनीहरुलाई होटेल तथा पर्यटकीय क्षेत्रमा लगेर यौन शोषण गर्ने गरेको प्रहरीको दावी छ । यी महिला बेहोस भएपछि नोगुचीले उनीहरुलाई बलात्कार गर्ने गरेको र त्यसको चलचित्र बनाउने गरेको प्रहरीले जानकारी दिएको छ ।

यसपछि यस्तो भिडियो चित्र इन्टरनेटमा राख्ने वा अश्लील चलचित्र बनाउनेहरुलाई बिक्री गर्ने गरेको आरोप नोगुचीमाथि लगाइएको छ । यसरी नोगुचीले ८५ हजार अमेरिकी डलर कमाएको टीबीएस तथा अन्य प्रसारण संस्थाले उल्लेख गरेका छन् । वास्तवमा नोगुचीले चिकित्सासम्बन्धी कुनै तालिम नलिएको र उसलाई यस विषयमा केही पनि थाहा नभएको बताइएको छ ।

टोकियोको पूर्वी भागमा पार्ने चिबाका प्रहरी प्रवक्ताले टोकियो, चिबा, ओसाका, तोचिगी तथा सिजुओकाका बीस वर्षभन्दा कम तथा ४० वर्षसम्मका कम्तीमा ३९ महिला यसरी पीडित भएको पुष्टि भएको बताए । नोगुचीले १०० भन्दा बढी महिलामाथि यस प्रकारको अपराध गरेको हुनसक्ने संचार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी । संसार विचित्रको छ । संसारमा विविध किसिमका अनौठा घटनाहरु सुन्न पाइन्छ । त्यस्तै अनौठो घटनामध्ये एउटा घटना हो, जर्मनीको । जर्मनीमा एकजना यस्ता बच्चा छन्, जसले जति खाएपनि उनको पेट अघाउने गरेको छैन ।

पछिल्ला दिनमा सो घटनालाई संसारका विभिन्न सञ्चारमाध्यामहरुले प्राथमिकता दिइरहेका छन् । भर्खर तीन वर्ष उमेर भएका ती बालक खाएकै भरमा अहिले ४० केजीका भैसकेका छन् । जति खाएपनि खानाको खोजीमा रहने ती बालकलाई कहिल्यै अघाउन नसकिएको उनका बाबुआमाहरुले बताउने गरेका छन् ।

शुरुमा आफ्नो बच्चामा कुनै किसिमको रोग लागेको होकी भनी अस्पताल भौतारिएका उनका बाबुआमालाई अन्ततः डाक्टरहरुको एउटा समुहले बच्चाको रोगबारे बताएका थिए । ती बालकमा रहेको रोग लेप्टिन नामको हर्मोनले गर्दा भएको केही समयअघि जर्मनीको उल्म मेडिकल कलेजको एउटा रिसर्च टिमले सुझाव दिएको थियो ।

लेप्टिन नामका हर्मोनले कुनैपनि मानिसको दिमागमा सन्देश पठाउने काम गर्ने उनीहरुले सुझाएका थिए । कुनैपनि मानिसले खान खाएर अघाएको संकेत त्यस हर्मोनले दिने हो, तैपनि पछि ती बालकमा उक्त हर्मोनको अवस्था पनि सामान्य रहेको भन्दै डाक्टरहरुले आश्चर्य व्यक्त गरेका छन् ।
एजेन्सी । भारतको उडिसास्थित कंधमाल जिल्लाको एक आवासीय स्कुलको होस्टल बसेकी एक छात्राले बच्चा जन्माएपछि हंगामा मच्चिएको छ ।

स्कुलमा भएको यस्तो घटनापछि स्कुलकी प्रधानध्यापिकालाई निलम्बित गरिएको छ भने लापरबाहीका लागि अनुबन्धित शिक्षकहरुको अनुबन्ध खारेज गरिएको छ ।

 अधिकारीहरुका अनुसार शुक्रबारराति १० कक्षामा पढ्ने छात्राले स्कुलमै छोरी जन्माएकी थिइन् ।

घटनापछि जिल्ला प्रशासनले लिंगागादा आवासीय बालिका उच्च माविकी प्रधानध्यापिका आशा लतालाई निलम्बर र शिक्षिकाहरु सुस्मिता परीडा तथा नमिता प्रधानको अनुबन्ध खारेज गरेको छ ।

 यसैगरी छात्राहरुको स्वास्थ्य जाँच गर्ने सहायक नर्स एसबी प्रधानलाई हटाइएको छ ।
पुरुषले महिलालाई जिस्काउने तथा अन्य विभिन्न खाले यौनजन्य हिंसा गर्ने गरेका उजुरीहरु पुलिस चौकीमा दर्ता हुने गरेको कुरा त हामीले देखेसुनेकै हो । तर के भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता भएको सुन्नुभएको छ ? सायद छैन होला ।

घरपालुवा पशुले पशुलाई तथा पंक्षीले पंक्षीलाई करणी गर्नु, करणीको प्रयास गर्नु वा आफुभन्दा निर्वललाई लखेट्नु जस्ता मामिलालाई पुलिस चौकीमा कसले पो पूराउला भन्ने लाग्छ । तर भारतमा एक दम्पतिले छिमेकीको भाले कुखुरा विरुद्ध पुलिसमा उजुरी दिएका छन् । भारतको उत्तर प्रदेशस्थित लखिपुरका इश्वरदिन र उनकी श्रीमती रामगुनी आफ्नो घरको पोथी कुखुरालाई छिमेकीको भाले कुखुराले जिस्काएको तथा हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्न पुगेपछि प्रहरी चौकीका पुलिसहरु अचम्ममा परे ।

आफुले घरमा झण्डै आधा दर्जन कुखरा पालेको र कुखुरा आफ्नो खोरबाट बाहिर निस्किने बित्तिकै छिमेकीको भाले आएर पोथीहरुलाई जिस्काउने गरेकेा उनको गुनासो थियो । साथै यो विषयमा छिमेकीसँग बारम्बार झगडा पनि हुने गरेको र भालेको मालिकले झण्डै आफुमाथि मारपिट गरेको समेत उनले पुलिसलाई सुनाए ।

गएको बुधबार पनि छिमेकीको भाले आएर आफ्नो पोथीलाई जिस्काउन थालेपछि बल्लतल्ल भालेलाई लखेटेर उनीहरु प्रहरी चौकीमा उजुरी गर्न पुगेका रहेछन् । सुरुमा त कुखुराको पोथी हिंसाको उजुरी दर्ता गर्ने कि नगर्ने भनेर प्रहरी चौकीका प्रमुख दोधारमा परे ।

तर जनताले मर्का परेर आफुकहाँ दिन आएको उजुरी दर्ता नगर्न पनि मिलेन । अनि दर्ता गरे । दर्ता मात्र गरेनन् प्रहरी प्रमुखले आफ्ना एक मातहतका प्रहरी कर्मचारीलाई यो विषयको छानविन गरि सत्यतथ्य पत्ता लगाउन आदेश पनि दिए । अनि पोथी जिस्काउने भालेमाथि कारवाहीको आस्वासन पनि दिएको वनइण्डिया अनलाइनले जनाएकेा छ ।
एजेन्सी । ध्यान र योगका लागि एउटा आश्रममा आउने महिलासँग योग गुरुले शारीरिक सम्बन्ध कायम गरेको खुलासा भएको छ । गुरु र स्वामीका नामले प्रसिद्ध ७२ वर्षीय योग गुरुमाथि ४० भन्दा बढी महिलासँग यौन सम्बनध कायम गरेको आरोप लागेकोहो ।

अमेरिकामा जन्मिएका यी स्वामीलाई रशेल क्रुुरकमैनको नामले पनि चिन्ने गरिन्छ । अस्ट्रेलियाको माउन्ट एलिजास्थित शिव स्कुल अफ मेडिनेशन एण्ड योगाका निर्देशक स्वामी शंकरानन्दले ४० बढी महिलासँग शारीरिक सम्बन्ध कायम गरेका हुन्।

सदस्यहरुको दावीअनुसार महिलाहरुलाई स्वामीसँग शारीरिक सम्बन्ध कामय गर्नु ज्ञानोदयको बाटोमा जानु हो भन्दै यसप्रकारको काम हुने गरेको थियो। यो आश्रममा ५ सय बढी सदस्य रहेका छन्। आश्रमका अनुसार यहाँका सदस्यहरु तान्त्रिक तरिका अनुशरण गर्दछन् जसमा कठोर अनुशासनका साथ देवी पूजा पनि गर्ने गरिन्छ ।

अहिलेसम्म स्वामीले पढाउने तरिका र व्यक्तिगत गतिविधिलाई पूरातन हिन्दी तान्त्रिक ग्रन्थका अनुसार लुकाएर राखेका छन्। अब भने स्वामीले पनि पढाउने तरिका वा व्यक्तिगत गतिविधि दुवै पारदर्शी हुनुपर्ने स्वीकार गरेका छन्। स्वामी शंकरानन्दलले यो प्रकरणमा माफी पनि मागेका छन्। उनले यस्तो काम नगर्ने बचन पनि दिएका छन्। उनले अब वातावरणमा स्नेह र उदारता ल्याउने बताएका छन्। स्वामीले तान्त्रिक सेक्स क्रिया यति धेरै खतरनाक हुने आफूलाई जानकारी नभएको दावी गरेका छन्।

स्वामीले माफी मागेपछि आश्रम व्यवस्थापनले उनीमाथि कुनै कारबाही चलाएको छैन । उनको निर्देशक पद पनि कायमै राखिएको छ। आश्रम सदस्यका अनुसार उनी निकै करिश्काकारी छन्। हरेकले उनलाई माया गर्छन्। किनभने उनी यो कलामा माहिर छन्। शिव स्कुल अफ मेडिटेशन एण्ड योगाको स्थापना सन्१९९२ मा स्वामी शंकरानन्दले नै गरेका थिए ।
648 X 57 Px gif