Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:07 AM 0

एजेन्सी । हाइटेक उत्पादनहरुलाई विशेष रुपले तयार गर्न चर्चित गोल्डजिनीले भ्यालेन्टाइन्स डेको अवसर पारेर हिराजडीत २४के गोल्ड आइफोन सिक्स डायमण्ड एक्सटसी फोन लञ्च गर्ने भएको छ ।

सिमित संख्यामा उत्पादन गर्न लागिएको उक्त फोन प्रेम जोडीहरुलाई लक्षित गरेर लञ्च गर्न लागिएको हो ।

फोनमा प्रयोग भएको हिराको संख्या अनुसार उक्त फोनको मूल्य १५ हजार देखि ३५ लाख डलरसम्म पर्ने बताइएको छ । डायमण्ड एक्सटसी कलेक्सनमा आइफोन सिक्सलाई २४ क्यारेट सून वा प्लाटिनमले ढाकिएको हुनेछ जसमा हिरा जडान गरिनेछ ।

हरेक मोडलमा हिराको स्तर अनुसारको मूल्य निर्धारण गरिएको छ । यो फोन उपहार दिन चाहनेले फोनको पछाडिको कभरमा आफ्नो सन्देश पनि राख्न सक्नेछन् ।

गोल्डजिनीले मात्र होइन डिजाइनर अलेक्जेन्र अमोसुले पनि गुलाबी रंगको १० वटा आइफोन तयार गरेको छ । डायमण्ड एक्सटसीको तुलनामा यो फोन भने सस्तो छ । यसको मूल्य करिब २ हजार ८५० तोकिएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply