Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:22 PM 0

सामान्यतः पावरवाला चश्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने गरिन्छ । आँखाको सुन्दरता बढाउन पनि यसको प्रयोग गर्ने गरिन्छ । कन्ट्याक्ट लेन्सले चश्मा लगाउनुपर्ने झन्झट त हटाउँछ नै साथसाथै यसले लगाउनेको आँखाको सौन्दर्य अभिबृद्धि गराउने काम पनि गराउँदछ । कतिपयलाई त कन्ट्याक्ट लेन्स भन्ने बित्तिकै फिल्महरुमा हिरो हिरोइनको प्राकृतिक रंगभन्दा नितान्त फरक देखिने रंगीचंगी आँखाको पनि झझल्को आइहाल्छ ।

त्यसैले दिनमा हैन, सुत्दा लगाउने कन्ट्याक्ट लेन्स भनेर शीर्षक देख्दा नै तपाईंलाई हाँसो उठ्न पनि सक्छ । अझ कतिपयको मनमा त के सपना राम्रो देख्नको लागि लगाउने हो त सुत्दा पनि कन्ट्याक्ट लेन्स भनेर हाँसो पनि उठ्न सक्छ । कतिलाई शीर्षक जोक्स जस्तो पनि लाग्न सक्छ । तर कुरा सत्य हो । दिनमा मात्र हैन, रातमा लगाउने कन्ट्याक्ट लेन्स पनि हुने गर्छ । यो विशेष किसिमको कन्ट्याक्ट लेन्स सुत्ने बेलामा मात्र लगाउने गरिन्छ । यो लगाएर सुतेपछि यसले हाम्रो आँखाको कोर्नियाको बाहिरी पत्र एपिथेलियमलाई फैलाइ दिन्छ ।

फलतः त्यस कन्ट्याक्ट लेन्सलाई बिहान झिकिदिएपछि हाम्रो आँखाको दृष्टि कन्ट्याक्ट लेन्स वा पावरवाला चश्मा लगाएजत्तिकै सफा र राम्रो हुन्छ । त्यसो त यो लेन्स लगाउने थाल्नेबित्तिकै काम गरिहाल्छ भन्ने चाहिँ हैन । सामान्यतः यो लेन्स लगाउन थालेको ७ देखि १० दिनमा चाहिँ त्यसले काम गर्न थाल्छ । यो कुरा पनि लगाउनेको आँखाको पावर अनुसार फरक फरक हुने गर्छ । तर त्यसले दिनभरि मात्रै काम गर्छ । फेरि अर्को रात त्यही प्रक्रिया दोहोर्याउनुपर्ने हुन्छ अर्थात् फेरि सुत्दा त्यो लेन्स प्रयोग गर्नुपर्ने हुन्छ । कदाचित लेन्सको प्रयोग गर्न छाडियो भने फेरि ३ देखि ५ दिनमा प्रयोगकर्ताको दृष्टि पहिलेकै अवस्थामा फर्कन्छ ।

त्यसैले यो लेन्सको प्रयोग चश्मा वा दिनको कन्ट्याक्ट लेन्सबाट पूर्णतः छुटकारा पाउने विधि नभएर झन्झटबाट बचाउने एउटा उपाय मात्रै हो । विशेष गरेर बच्चा एवं किशोरहरुका लागि यो एउटा राम्रो विकल्प हुन सक्छ । किनभने दृष्टि कमजोर भएका बच्चा एवं किशोरहरु चञ्चल हुने गर्छन् र उनीहरुका लागि दिनमा चश्मा वा कन्ट्याक्ट लेन्स लगाउनु बोझिलो र झन्झटिलो हुने गर्छ ।

 त्यसो त यो लेन्स जो पायो त्यहीले लगाइहाल्न मिल्छ भन्ने चाहिँ होइन । यो लगाउनुपूर्व आँखाको स्वास्थ्य र कोर्निया रिसेप गर्ने लेन्सले पार्न सक्ने असरका बारे विशेषज्ञले राम्ररी जाँच्नु पर्ने हुन्छ ।

«
Next
»
Previous

No comments

Leave a Reply