संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग
ABC Khabar Sansar
7:23 PM
0
रत्ननगर । मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ ।
पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले ७ थान खाट,२ थान दराज र १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ ।
केन्द्रमा आश्रित वालवालिकालाई सुत्ने खाट र दराज अभाव भएको थाहापाई ग्रुपले सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाङ वालवालिका आश्रय लिई अध्ययन गरिरहेका छन ।
No comments