घरघरमा यसरी भित्रिदैछ ‘सिलिण्डर बम’ ... होशियार !
ABC Khabar Sansar
6:03 PM
0


कँडेललाई पुरानो सिलिन्डर दिएका ग्यास विक्रेताले सोही पुरानो सिलिन्डर अर्को उपभोक्तालाई बिक्री गरे। ग्यास अभावमा चितवनका उपभोक्ता भान्सामा सिलिन्डर बम राख्न बाध्य छन्। उत्पादन मिति १९९५ मार्च महिना उल्लेख उक्त पुरानो सिलिन्डर चितवनको खैरहनी नगरपालिकास्थित बाबा ग्यास उद्योगबाट उत्पादन भई बजारमा आएको हो। बाबा ग्यासको रङ खुइलिएको र कुच्चिएको पुरानो सिलिन्डरमा पहिलो जाँच मिति २०११ मार्च लेखिएको छ। त्यसपछि यसको जाँच गरिएको छैन।
सधैं ग्यास ल्याउने विक्रेताको पसलबाट ग्यास ल्याएको कँडेलले बताए। ग्यास चुहिएर गन्हाएपछि अर्को कम्पनीको सिलिन्डर साटेको र अहिले ग्यास चुहिने समस्या नभएको उनले बताए। जानकारका अनुसार, ग्यास सिलिन्डर निर्माणका बेला, निर्माणको १० वर्षभित्र र तेस्रो पटक १७ वर्षभित्र जाँच गराउनुपर्छ। एउटा सिलिन्डर अवस्था हेरी २२ वर्षसम्म प्रयोग गर्न सकिने तर कुच्चिएको वा ग्यास चुहिएको सिलिन्डर प्रयोग गर्न हुँदैन।
भान्साकोठामा रहेको सिलिन्डरबाट ग्यास चुहिनु बमभन्दा खतरनाक मानिन्छ। ग्यास विक्रेता संघ चितवनका उपाध्यक्ष बाबुराम सापकोटा बजारमा ग्यास अभाव हुँदा उपभोक्ताले जस्तो पाए पनि ग्यास लिने गर्दा दुर्घटनाको खतरा बढ्ने बताउँछन्। ग्यास आपूर्ति दुई महिनायता असहज बनेको छ।
चितवन खैरहनी नगरपालिकामा रहेका बाबा, साईबाबा, नारायणी र लोकप्रिय तथा नवलपरासीको गैंडाकोटमा रहेका जानकी, एचपी, लुम्बिनी र राजधानी ग्यास उद्योगबाट पर्याप्त ग्यास उत्पादन एवम् वितरण नहुँदा उपभोक्ताले सास्ती पाइरहेका छन्।

No comments