अब दिनहुँ एक घण्टा लोडसेडिङ घट्दै
ABC Khabar Sansar
11:18 PM
0


मध्यमस्र्याङ्दी आयोजनाको मर्मत सम्भार सकिएकाले त्यसको उत्पादनसमेत जोडिँदा दैनिक एक घण्टा लोडसेडिङ घट्ने उनले जनाए। मध्यमस्र्याङ्दी मर्मतका लागि बन्द गरिएपछि प्राधिकरणले तालिकाभन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ गर्दै आएको थियो। अब यस्तो अघोषित लोडसेडिङसमेत नहुने जानकारी प्राधिकरण स्रोतले जनायो। क्षेत्रीका अनुसार नेपालको कुसाहादेखि भारतको कटैयासम्मको प्रसारण लाइनमा अत्याधुनिक 'कन्डक्टर' फेरेर क्षमता बढाइएको छ। उक्त प्रसारण लाइनबाट प्राधिकरणले भारतबाट थपिएको २० मेगावाट बिजुली ल्याउनेछ।
उक्त प्रसारण लाइनको क्षमता बढाउन नेपालतर्फको खण्डमा पहिल्यै कन्डक्टर फेरेर मर्मत गरिएको थियो। भारततर्फको खण्डमा कन्डक्टर फेर्नेलगायत मर्मतका काम हालै सकिएकाले थप विद्युत् ल्याउन सकिने भएको हो। 'कटैया-कुसाहा प्रसारण लाइन हुँदै प्राधिकरणले शुक्रबारदेखि कम्तीमा थप १५ देखि २० मेगावाट बिजुली आयात गर्नेछ,' क्षेत्रीले कान्तिपुरसित भने। भारतबाट यसअघि प्राधिकरणले २०५ देखि २२० मेगावाट विद्युत् आयात गर्दै आएको छ। कटैया-कुसाहाको क्षमता बढेपछि प्राधिकरणले भारतबाट कम्तीमा २३५ देखि २४० मेगावाट बिजुली आयात गर्नेछ।
अघिल्लो वर्ष प्राधिकरणले भारतबाट १९३ मेगावाट बिजुली आयात गरेको थियो। मध्यमस्र्याङ्दी आयोजनाको बाँधमा रहेको ग्याबिन (बालुवा जम्मा हुने ठाउँ) कमजोर भई भत्कन लागेको र बाँधमा अत्यधिक बालुवा जम्मा भई विद्युत् उत्पादनमै असर परेको थियो। प्राधिकरणले उक्त आयोजना १५ दिनका लागि बन्द गरी मर्मत गरेको हो।
ग्याबिन मर्मत र बाँधमा जम्मा भएको बालुवा हटाउने कार्य पूर्वनिर्धारित समयअनुसारै बिहीबार सकिएको छ। क्षेत्रीका अनुसार मध्यमस्र्याङ्दी आयोजनाबाट विद्युत् उत्पादन गर्न बिहीबारदेखि नै इन्टेक (बाँध) मा नदी थुनेर पानी जम्मा पार्न थालिएको छ। पानी शुक्रबारदेखि सुरुङमार्फत टर्बाइनमा हाली विद्युत् उत्पादन थालिनेछ, कान्तिपुरमा खबर छ ।

No comments