Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News

नुवाकोट –विशालु जंगली च्याउ खाँदा नुवाकोटको एउटा सिंगो गाउँका स्थानीयहरु नै बिरामी परेका छन् । बिहीबार साँझ सामरी–६ मैबल गाउँका स्थानीयहरु मिलेर जंगलबाट खोजेर ल्याएको विशालु च्याउ खाएपछि बिरामी परेका हुन् । बिरामी परेका ३१ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने विषाक्त च्याउको सेवनबाट गम्भिर भएका ६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । 
 ‘४÷५ जना बुढाहरुले दिनभरी जंगलमा च्याउ खोजेर साँझपख च्याउ ल्याए र ८ घरले मिलेर बाँडीचुँडी पकाएर खायौँ, मैबलका स्थानीय युवा आइतमान तामाङले भने, ‘उहाँहरुले खानहुन्छ भनेपछि सबैले विश्वास लाग्यो, तर, खाएपछि एक्कासी बिरामी भयौँ अनि वान्ता आउने र बहुलाझैँ गाउँका सबै एकैचोटी बर्बराउन थाले ।
बिरामी भएर अस्पताल भर्ना भएका स्थानीयका अनुसार बेलुका ८ बजेको समयमा खानासँगै जंगली च्याउ पकाएर खाएका गाउँलेहरुले केही समयमै वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र बर्बराउने जस्ता लक्षण देखाउन थालेका थिए । ‘तर, गाडी खोजेर समयमै अस्पताल आउन पाएका कारण बाँचिएला जस्तो छ । नत्र, उतै मरिने रहेछौँ’ त्रिशूली अस्पतालमा उपचाररत रस्मिता तामाङले भनिन् । रस्मिताका अनुसार गाउँका अन्य व्यक्तिहरुसँगै उनका हजुरबुबा कामी तामाङले पनि जंगलबाट च्याउ ल्याएर उनको ६ जनाको परिवारलाई खुवाएका थिए । च्याउको सेवनबाट बिरामी परेकामध्ये ८ जना बालबालिकाहरुसमेत छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ । 
च्याउ खाएर बिरामी भएकाहरुमा गर्भवती महिलासमेत विरामी परेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यसरी विशालु च्याउको सेवनले पेटमा रहेको शिशुलाई समेत गम्भिर असर पु¥याउन सक्ने जाँचको क्रममा देखिएको जानकारी दिए । ‘च्याउ खानेबित्तिकै सबैले वान्ता गरेका थिए र हतार–हतार अस्पताल ल्यायौँ, सामरीकी स्थानीय महिला रमिता तामाङले भनिन् । यस गाउँका स्थानीयले प्रायःजसो जंंगलबाट ल्याएको च्याउ खाने गरेका थिए । तर, यसपटक भने गाउँलेहरु यसरी बिरामी परेको पहिलोपटकको घटना भएको गाउँलेहरु बताउँछन् ।
 विशाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले जानकारी दिए । ‘कतिपय च्याउमा अत्याधिक विषको असर हुन्छ र जसले ज्यानसमेत लिइदिन्छ, उनले भने, ‘यहाँ आएका सबैजसो विरामीहरुमा मसरुम इजनिङ र मसरुम टक्सिसिटी छ । उपचारपछि सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्छ ।’
१० असार, काठमाडौं । विदेशबाट आउने नेपालीले अब सुन र चाँदीका तयारी गहनामात्रै ल्याउन पाउने भएका छन् । साउन १ गतेदेखि झिटीगुण्टामार्फत अब ५० ग्रामसम्म सुनका गहना मात्र ल्याउन पाउने नयाँ नियम लागू गरिएको हो । यति सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्ने छैन ।
 ५० ग्राम भन्दा बढी तयारी गहना ल्याएपनि अब विमानस्थलमा भन्सारले जफत गर्नेछ । सरकारले झिटी गुण्टा आदेशमा संशोधन गर्दै अब काँचो सुन ल्याउनै नपाउने व्यवस्था गरेको हो । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किनेहरुमार्फत झिटिगुण्टा सुन ल्याएर कारोबार नै गर्नेहरु सक्रिय भएपछि सरकारले तयारी गहना अनिवार्य गरेको हो । यसअघि विदेशबाट फर्किने ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर भित्र्याउन सक्थेे ।
 अब भने ५० ग्राम सुनका गहनाबाहेक कुनै प्रकारका सुन ल्याउन नपाउने भन्सार विभागका प्रवक्ता सूर्य सेढाइले बताए । ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा त्यसलाई सरकारले नियन्त्रणमा लिनेछ । काँचो सुन बोक्न भने प्रतिवन्ध नै गरिएको छ । साउनदेखि चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन नपाइने भएको छ । यसअघि भन्सार तिरेर बुझाएर १ केजीसम्म चाँदीका गहना ल्याउन पाइन्थ्यो । साउन १ देखि नयाँ नियम लागूभएपछि खाडी मुलुकबाट र्फकने नेपालीलाई सुन बोकाउने क्रम अन्त्य हुने विश्वास गरिएको छ ।
Of all creatures humans are physically the most ill-equipped. Nature's greatest gift to humankind is the ability to think. A lot of research has been done on the subject of success and failure. Success does not mean being liked and accepted by everyone. The secrets of success can be learned from the life histories of successful people. Successful people do not do great things rather do small things in a great way. They succeeded in spite of problems, not in their absence or just got lucky. Everything is difficult before it becomes easy.True success is measured by the sense that we have done a job well and have achieved our objective. Success in life is not determined by how we are doing compared with others, but by how we are doing compared with what we are capable of doing. Everyone faces disappointments, but the difference is that the winners do not get disheartened. People who have overcome obstacles are more secure than those who have never faced them. One day a partially deaf child came back home with a note in his pocket from his teacher, "Your son is too stupid to learn, so get him out of the school." The mother determined to teach the son herself, and that boy grew up to be the great Thomas Edison. So in all, Thomas Edison had only three months of formal schooling. Successful people are not ten times smarter than the people who fail. They may be marginally better, but the rewards are 10 times bigger. The need is not for improving 100 percent in any particular, but that we need to improve 1 percent in a hundred different areas, which is a lot easier. Success is neither a mystery nor an accident. Nothing worthwhile in life comes without struggle. Winners see possibilities and make commitments, but losers see problems and make promises. Success and happiness go hand-in-hand. All success stories are stories of great failures. Nothing happens in a single attempt. Success leaves clues. Should we be able to identify and adopt the qualities of successful people, then we too shall be successful. Success depends upon the fighting spirit of each individual.
धादिङ, जेठ ३ । पूर्वयुवराज्ञी हिमानी शाहले सरकार र राजनीतिक दलले भूकम्पपीडितलाई सहयोग गर्ला भनेर कुरेर बस्न नसकिएको बताएकी छन् ।

शनिबार तसर्पुका भूकम्पपीडितलाई राहत बाँड्न पुगेकी शाहले नागरिकको दुःख हेरेर बस्न नसकिएकाले आफूले सकेको सहयोग गरेको बताइन् । उनले भनिन्, ‘सरकार र पार्टीले केही गर्ला भनेर नागरिकका दुःख टुलुटुलु हेरेर बस्न सकिएन, त्यसैले सानो भए पनि सहयोग गरिएको हो ।’

हिमानी ट्रस्टको राहत कार्यक्रम लिएर तसर्पु पुगेकी उनले वडा नम्बर ३, ४, ५, ६ र ७ का पाँच सय भूकम्पपीडितलाई जस्तापातालगायत राहत सामग्री वितरण गरिन् ।

सामान्य भेषभूषामा सर्वसाधारणमाझ पुगेकी उनले पीडितहरुलाई भनिन्, ‘जनताको यो दुःखमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको पनि समवेदना छ ।’
उनले थपिन्, ‘उहँहरु पनि जनताको यो दुःखबाट चिन्तित होइबक्सन्छ र जनतालाई साथ दिन तयार होइबक्सन्छ ।’

हिमानीको साथमा छोरी पूर्णिका, नन्द पुजा र शीताष्मा पनि राहत वितरणका लागि तसर्पु पुगेका थिए । आजको सौर्य दैनिकमा खबर छ ।
काठमाडौँ । वैशाख १२ र २९ गते गएको भूकम्पमा कारण हालसम्म ज्यान गुमाउको संख्या झन्डै साढे आठ हजार पुगेको छ ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूुकम्पबाट अहिलेसम्म ८ हजार ४ सय ९२ जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्या झन्डै १८ हजार छ । बैशाख २९ गतेको भुकम्पबाट मात्र मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ भने ३ हजार १ सय ३५ घाइते छन् ।

मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी दोलखामा छ भने त्यसपछि सिन्धुपाल्चोकमा । सिन्धुपाल्चोकमा अहिलेसम्म ३ हजार ३ सय ७२ ले ज्यान गुमाएका छन् भने ८ सय ५९ जना घाइते छन् ।

त्यस्तै काठमाण्डौमा १ हजार २ सय १३, भक्तपुरमा ३ सय २६ र ललितपूरमा १ सय ८१ जनाले ज्यान गुमाएका छन् ।

 यस्तै नुवाकोटमा १ हजार ३१, धादिङमा ७ सय २७, रसुवामा ५ सय ७५, गोरखामा ४ सय १४ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं । भूकम्पका कारण काठमाडौं उपत्यकाका ५० भन्दा बढी बालगृह बस्नै नहुने गरी चर्किएका छन् । ती बालगृह भत्किएकाले त्यसमा रहेका झन्डै हजारभन्दा बढी अनाथ तथा अभिभावकविहीन बालबालिका प्रभावित भएका छन् । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले उनीहरू बसेको घर बस्नै नहुने भएपछि उनीहरू प्रभावित भएका हुन् ।

भूकम्पका कारण नक्सालस्थित बाल मन्दिर भत्किएको छ । बाल मन्दिरमा रहेका अनाथ तथा असहाय बालबालिलाई बालमन्दिरकै अन्य भवनमा सारिएको छ । बाल मन्दिरमा १५० बालबालिका छन् । त्यस्तै उपत्यकाका भरोसा नेपालका ओसिसिडी नेपाल, कोपिला होम, दर्शन बालगृह, फ्युचर होप बालगृह, सुशीला संरक्षण, अप्रेस नेपाल, फेथ फाउन्डेसन, द्वन्द्व पीडित, ओमेन एण्ड चिल्डे«न सर्भिस नेपाललगायत बालगृहका एक हजारभन्दा बढी बालबालिका पीडित भएका छन् ।

ती बालगृहमा रहेको बालबालिकालाई राजधानीका विभिन्न खुल्ला स्थानमा राखिएको छ । यसैबीच बालगृहरूको महासङ्घ नेपाल र बालबालिकाको निम्ति गैर सरकारी संस्थाहरूको महासङ्घ नेपालले संयुक्तरुपमा उपत्यकाका क्षतिग्रस्त बालगृललाई ७५ हजारका दरले नगद सहयोग गरेका छन् । बालबालिकाका निम्ति गैरसरकारी संस्थामा महासचिव मनोजकुमार कँडेलले भन्नुभयो, “हामीले पहिलो चरणमा ५० वटा बालगृहमध्ये पनि अति जोखिम रहेको चिल्डे«न होम, ओसिड नेपाल, चाइल्ड ब्राइट फ्यु्चर, होपेड नेपाल, नेपाल प्रेरणा समाज, भरोसा नेपाल, डट फाउन्डेसनलगायत विभिन्न १५ बालगृहमा राहतस्वरुप ७० हजार नगद प्रदान गरेका छौँ ।”

अन्य बालगृहरूमा भने चामल, बिस्कुट, चाउचाउ, साबुन, औषधि, फिल्टर, टेन्ट, चिनी, नुनलगायतका सामग्री पु¥याइएको बाल गृहहरूको महासङ्घका अध्यक्ष रमेश खतिवडाले जानकारी दिनुभयो ।
हामीले दैनिक जनजिवनमा केही त्यस्ता आनीबानी अपनाएका हुन्छौँ जो हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सामान्य लाग्ने ती आनीबानी तथा जिवनशैली घातक हुन्छन् भन्ने तथ्य हामीलाई थाहा नहुनसक्छ, तर त्यसले हामीलाई विस्तारै रोगी बनाइरहेको हुन्छ । स्वास्थ्यका लागि हानिकारक हाम्रा ४ आनीबानी र त्यसलाई हटाउने उपाय यस्ता छन्-

१. तपाइँको मोबाइल फोन र सिरानीको बीचमा- ८० प्रतिशत मानिसले रातको समयमा पनि आफ्नो मोबाइल फोनको स्विच अफ गरेका हुँदैनौँ । आधाजसोले त फोनलाई नै अलार्मको रुपमा प्रयोग गर्छौँ ।
तर विज्ञहरुका अनुसार टाउकोको नजिकै मोबाइल फोन रहनु हानिकारक हुन्छ । यसले निद्राको समय तथा गुणस्तरमा नाटकीय रुपमा प्रभाव पार्ने हुन्छ । निद्रा विज्ञहरुका अनुसार मोबाइल फोन नजिकै राखेर सुत्दा मानिसको मस्तिष्क बढि सक्रिय हुन्छ । कहिले फोन कल तथा म्यासेज आउँछ ? भन्ने विषयमा मस्तिष्कले पर्खिरहँदा निद्रा खल्बलिने तथा गहिरो निद्रा नपर्ने समस्या हुन्छ । मोबाइल फोनको स्त्रिmनबाट आउने निलो प्रकाशले हाम्रो आँखाको रेटिनालाई तत्कालै प्रभाव पार्छ जसले मस्तिष्कमा सन्देश प्रवाह गर्दछ जसका कारण निद्रा लगाउने हर्मोन मेलाटोनिनको उत्सर्जनमा कमी आउँछ फलतः मानिस जागा रहन बाध्य हुन्छ ।
समाधान- त्यसैले सिरानी मुनि मोबाइल फोन राखेर कहिल्यैपनि सुत्न नहुने विज्ञहरु बताउँछन् । मोबाइल फोनलाई टाउको भन्दा २० सेन्टिमिटर टाढा राख्दा पनि विकिरणमा ९८ प्रतिशतले घट्दछ । रातमा सुत्ने भन्दा केही समयअघिबाट मोबाइल लगायतका ग्याजेट नचलाउनुस् । अलार्मका लागि मोबाइल फोन नभै घडीकै प्रयोग गर्नुहोस् र राति सुत्ने बेलामा मोबाइल फोनलाई सकेसम्म अर्को कोठामै राख्नुहोस् ।

२. महिनावारीमा- उदासी अवस्था, तनावको अवस्था तथा रजस्वला रोकिने उमेर आइरहेको अवस्थामा आफ्नो महिनावारीमा हुने गडबडीलाई धेरै महिलाले नजरअन्दाज गरेका हुन्छन् ।

तर यौन तथा प्रजनन विज्ञहरुका अनुसार महिलाको उमेर जति पाको हुँदै गयो उनको महिनावारीमा हुने गडबडीको विषय उत्तिकै गम्भीर हुन्छ । किशोरावस्था तथा २० वर्ष आसपासको उमेरमा महिनावारीमा अनियमितता हुनु स्व्भाविकै हो । तर यदि ३०-४० वर्षका महिलामा महिनावारीमा अनियमितता देखिनु भनेको विभिन्न खाले रोग तथा संक्रमणको लक्षण हुनसक्छ । बीचबीचमा रगत देखिनु तथा महिनावारीको समयमा रगत बग्ने तौरतरिकामा पनि परिवर्तन हुनु महिलाको लागि खतरनाक सावित हुनसक्छ ।
महिनावारीमा हुने गडबडी, अनियमिततालाई धेरै महिलाले सामान्य मानेर नजरअन्दाज गर्छन् । यसले गम्भीर परिणाम ल्याउन सक्छ । तर विज्ञहरुका अनुसार युवती तथा वयस्क महिलाहरुमा बढिमा दुइपटक सम्म महिनावारीमा गडबडी भएमा तत्कालै स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्छ । योनीबाट गन्हाउने तरल पदार्थ बग्ने, तथा यौन सम्पर्क पछि रगत बग्ने वा दुख्ने समस्या भएमा पनि संवेदनशील भएर तत्कालै जँचाउनुपर्छ । त्यसैले महिनावारीको विषयमा महिलाहरुले हेलचेक्राई गर्नु हुँदैन निकै संवेदनशील हुनुपर्छ ।

३. छाति र ढाडको बीचमा- विज्ञहरुका अनुसार जिवनशैली तथा खानपानमा भैरहेको परिवर्तनसँगै मानिसहरुमा ढाड दुख्ने समस्या निकै नै साझा समस्याको रुपमा सिर्जना भैरहेृको छ । ढाड दुख्ने समस्याको मुख्य कारक भनेको बस्दा कुपि्रने तथा कम्प्युटर, ल्यापटप चलाउँदा पछाडि सपोर्टको अभाव हुनु हो । गर्धन दुख्ने समस्या भएका हरेक १० जनामध्ये ७ जनामा अत्यधिक ग्याजेट चलाउने गरेकै कारण त्यस्तो समस्या उत्पन्न हुने गरेको पाइएको छ । लामो समयसम्म कुर्सीमै बसेर गर्नुपर्ने काम पनि ढाड दुखाइरहेको लागि समस्या हुन्छ ।
त्यसैले, बस्दाखेरी ढाडलाई सिधा तन्काएर बस्नुपर्छ, कुपि्रनु हुँदैन । कुर्सीमा बस्दा बस्ने भागभन्दा घुँडा केही ओरालो परेको हुनुपर्छ । अर्थात् घुँडा र कुर्सीको बस्ने भाग समानान्तर हुनु हुँदैन । त्यस्तै पैतला भुइँमा फिँजिएको हुनुपर्छ ।

आफ्नो नितम्ब कुर्सीको सबैभन्दा पछिल्लो भागमा लगेर बस्नुपर्छ, ता की ढाडले पूरै सपोर्ट पाओस् र घुँडाको भित्री भाग तथा कुर्सीको अघिल्लो भागबीच घर्षण हुन नपाओस् । ल्यापटप चलाउँदा काखमा राखेर होइन टेबुलमा राखेर चलाउनुहोस् । साथै ल्यापटपको स्त्रिmनलाई आँखाको लेभलसम्मै उठाउनुपर्छ, बढि होँचो हुनुहुँदैन ।

४. छालाको स्वास्थ्य- घाममा हिँडनुपर्दा धेरैले अनुहार तथा छालामा सनस्त्रिmन क्रिम लगाउन गर्छन् । धेरैको बानी भने केवल अनुहारमा मात्र क्रिम दल्ने तर सरीरका अरु भागमा नदल्ने हुन्छ । यसो गर्दा घाँटी, कान तथा काँधको भागमा घामले असर पूराउँछ ।
त्यस्तै छोटो लुगा लगाएर सयरमा जाने युवतीहरुको पाखुरा, खुट्टामा समेत विकिरणले असर पूराउँदा धेरै महिलामा मेलानोमा क्यान्सरको जोखिम बढ्ने विज्ञहरु बताउँछन् । त्यसैले घाममा निस्किनुपर्दा विकिरणबाट छालालाई बचाउन निकै सतर्कता अपनाउनुपर्छ ।

नांगो सबै भागमा मज्जाले सन स्त्रिmन क्रिम दल्ने, घाममा निस्किँदा छाता ओढ्ने तथा बढि चर्को घाममा नांगो छालालाई नदेखाउने गर्नुपर्छ ।-डेली मिररबाट भावानुवाद
सपना सबैले देख्छन् । यो धुव्रसत्य कुरा हो । हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ ।
यस्तो सपनाको अर्थ के हुन्छ ? के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ?
जान्नुहोस्, प्रायजसो सबैले भोग्ने गरेका यी पाँच प्रकारका सेक्स सपनाका अर्थ के हो ?
आफ्नो पार्टनरसँग:
यदि तपाईं सपनामा पति/पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।
पहिलो: तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ ।
दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ ।
सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ ।
यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पूरानो प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्छ होला ।
हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पूरानो पार्टनरको तुलना गरिरहनुभएको छ । यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर ।
मन परेको स्टारसँग:
यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ ।
समलिङ्गीसँग :
यदि तपाईंले समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे्रट) हुनुहुन्न । यदि तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो ।
यदि यस्तो खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो-तपाईले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ-तपाईको पार्टनरले तपाईप्रति अरु केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ ।
आफ्नो पार्टनरलाई धोका:
यदि तपाईं सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।
यो सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन कसरी गर्ने ?
यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन । र, तपाईंको पार्टनरका साथ इमोशन बिल्डिङ जरुरी छ ।