Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:29 AM 0

बाहिर सडक र गल्लीहरुमा जमेको तीन फिट हिउँ पग्लिने कुनै छाँट छैन । पुस महिनाको मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झन्झन् कठ्याङ्ग्रिँदै थियो । रातको त्यस्तै ११ बजेको हुँदो हो । रंगीविरंगी–मधुरो प्रकाश र चर्को ध्वनिले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।
पाँच जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्की–मस्की नाच्दै थिए । पृष्ठभूमिमा खासा बजार नै थर्किने गरी नेपाली, तिब्बती र हिन्दी गीत बजिरहेका छन् । ‘मुन्नि बदनाम हुई, ‘ए माया बोल न किन यस्तो लाज’, अनि, तिब्बती लोकभाकाका गीतहरूसँगै नेपाली युवतीहरू बियर र यौवनको उन्मादले झुम्दै गइरहेका थिए । आफ्ना गोप्य र संवेदनशील अंगहरु छोपिएका वस्त्र उदांगो थिए अर्थात् अर्धनग्न । छरपस्ट बैंश बटुल्न र चुम्न आतुर नेपाली र तीब्बतियनहरु उत्तेजित शैलिमा झम्टिन पुग्थे । कतिपय मस्किँदै युवतीका बारुली कम्मरमा समातेर नाच्थे ।
रातो चम्किलो स्कर्ट, जुन एक बित्ता थियो, माथिल्लो अङ्गमा वान पिसजस्तो लाग्ने लपेटेर तीन युवती देखापरे । यीनका कालो ब्रा नाम मात्रका थिए र लुकाउन खोजिएको अंग लुकेको थिएन, लवाईको नियत नै लाएको जस्तो मात्र थियो देखाउनका लागि । प्रस्टै देखिइरहेको थियो । केटीहरु सबैभन्दा चञ्चल देखिइरहेका थिए । नेपालबाट गएका पनि ‘ठूलाबडा’ पनि यी बारका गतिला ग्राहक रहेछन् । उनीहरु भन्दै थिए, ‘हाम्रा लागि त नेपाली केटीजति सबै ‘ए वान् माल’ छन्, तर छातीका उन्नत उभार, छिनेको कम्मर, उठेको हिप र सेक्सी लुक्स भएका केटीहरू चिनियाँहरूले मन पराउँछन् ।’ चिनियाँसँग नाचेर ग्राहकको सन्तुष्टिलाई चरमचुलीमा पु¥याउन साह्रै खप्पिस देखिन्थे यि युवतीहरु । जति रात छिप्पिदैँ थियो, उति नै लठारिन्थे पुरुष ग्राहकका अँगालोमा र तृप्त भएको छनक दिन्थे । बिहान ५ नबज्दै कल्पना मात्रै होइन, उनका संगीहरू एकएक गर्दै डान्स फ्लोरबाट हराउँदै गए । ग्राहकको संख्या पनि पातलिँदै गयो । स्थानीय लजहरूमा नेपाली युवतीहरू अघि बारमा भेटिएका ग्राहकसँग अभिसाररत हुँदै गए । बिहान ५÷६ बजेपछि उनीहरू आ–आफ्नो कोठामा फर्किए ।
तीब्बतियन भोटे भाषामा केरुङको अर्थ हुन्छ– आनन्दी वा रमाइलो उपत्यका । यही अर्थसँग मेल खानेगरि अहिले यो शहर नेपाली चेलिहरुको सुन्दर जवानीको स्वाद लिँदै रतिराग र रामरमितामा मस्त छ हरेक रात । केरुङको प्रसिद्घ पुरानो गुम्बा केरुङको प्राचीन ‘फापा रङ्जेन’ गुम्बा नेपाली वास्तुको राम्रो नमूना हो । जसलाई नेपाली छोरी भृकुटीले निर्माण गरेकी थिइन् र नेपालको नाम, शान र इज्जत राखिन् । संसारभरका बौद्धमार्गीहरू यो गुम्बामा पुग्दा पहिला जति आनन्दित हुन्थे, त्यो भन्दा अधिक आनन्द त्यसकै सामुन्ने रहेको वाङ्यु र खम्बा डिस्को बारमा पुग्दा हुने गर्छन् । यहाँ रहेका नेपालीहरु भन्दै थिए, ‘भृकुटीले देशको नाम राखिन् तर, अहिले अर्धनग्न पारामा नाच्ने नेपाली केटीहरुले बदनाम गर्दैछन् ।’ तर, नेपाली चेलीहरु किन त्यहाँ आइपुगे, उनीहरुको व्यथाको मतलब कसैलाई थिएन ।
यो ठाउँ व्यापारिक दृष्टिकोणले मल्लकाल, शाहकाल र अहिले पनि चर्चामै छ । तर, अब चर्चा व्यापारिक हिसावले मात्रै रहेन । पैसामा जवानी र बैंस लिलामीको व्यापार गर्ने बजारले पनि चर्चा बटुल्दै छ । रसुवाको धुन्चेबाट ५४ किलोमिटर र काठमाडौंबाट १७१ किमी उत्तर–पश्चिममा पर्छ । रसुवागढी नाकाबाट २६ किलोमिटर दूरिमा पुगिन्छ केरुङ । उहिले केरुङ पुग्न महीनौं लाग्थ्यो । हाम्रा नेपाली पितापुर्खाहरूले केरुङ र जोङ्खा आसपासको लेकका जडीबुटी ‘नेपाल’ (काठमाडौं) पु¥याउँथे । दशैं–तिहारमा केरुङका भेडा–च्याङ्ग्रा र अरु वेला ऊन, नुन, स्वीच्या (चियापत्ती), हिप्श्या (च्याङ्ग्राको सुकुटी), कम्बल आदि जिनिस पनि नेपाल जान्थ्यो । नेपालबाट चामल, दाल, चिउरा, धातुका सामग्री आदि केरुङ आउँथ्यो भने अहिले खाइलाग्दा, कलिला र मस्त जवानीले भरिएकी युवतीको यहाँ व्यापार हुन्छ भन्दा फरक पर्दैन ।
नाका खुल्नासाथ यता हान्निए केटीहरु
तीन देश भारत, नेपाल र चीनलाई जोड्ने सबैभन्दा छोटो गल्छी–त्रिशूली–रसुवागढी मार्ग बनेपछि र रसुवागढी–केरुङ व्यापारिक नाका खुलेपछि यहाँ सीमाक्षेत्रका नतर्कीहरुको तस्करी सुरु भएको रहेछ । केरुङमा होटल व्यवसाय गर्दै आएकी रसुवा स्याफ्रुवेंशीकी मिङ्मार लामा भन्दै थिइन्, ‘यो नाका खुलेपछि काठमाण्डौंमा नाच्ने केटीहरु पनि यतातिर आइपुगे । उनीहरुको आफ्नै बाध्यता पनि हुनसक्छ ।
तर, पैसाकै लागी यहाँ आएका यी केटीहरु खत्तम भएर बिग्रेकाहरु नै छन् ।’ रसुवाको सीमा नाका नजिकै पर्ने शहर बजार तथा छिमेकी मुलुक चीनको स्वशासित प्रदेश तिब्बत अन्तर्गतका नेपाली सीमानजिकका कुनैबेलाका साना गाउँ कुती, केरुङ, खासा, झाङ्मु आदि अहिले ठूला सहरमा रूपान्तरण हुँदै छन् । केरुङ क्षेत्रको भौतिक विकास द्रूत गतिमा छ । केरुङ आगामी केही वर्ष्भित्रै अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्दैछ । ल्हासाबाट रेल सेवा शुरु भएपछि र त्यसले गल्छीहुँदै नेपाल–भारत सीमा जोडेपछिको केरुङमा आर्थिक चमत्कार हुनेछ ।
नेपाली सीमाबाट ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न एक दिनका लागि अनुमति पत्र दिइन्छ । तर, कतिपय नेपाली युवतीहरू यस्तो पासमा गएर तीन महिनाभन्दा बढी समय बिताउँछन् । केरुङमा । रसुवागढीस्थत अध्यागमन कार्यालयका अनुसार रसुवाबाट नागरकिता लिएको छ भने एक वर्षको पास हुन्छ । यसले एक वर्षसम्म तिब्बतमा ३० किलोमिटरभित्र जान सक्ने प्रावधान छ । रसुवाबाहेकका जिल्लाको नागरकिताका आधारमा एकदिने प्रवेश पास दिइन्छ । पास पाएका युवती तथा महिलामध्ये कोही मात्र नेपाल फर्किन्छन् भने कोही कुती, केरुङ र ल्हासासम्म पनि पुर्याइन्छन् । नतिजा, नेपाली युवतीहरू आफ्नो यौवनको त्यहाँ मोलतोल गर्न बाध्य हुन्छन् । प्रायः युवती एकदिने पासमा केरुङ पुग्ने र रेस्टुराँ मालिकले त्यहाँ अर्कै पास बनाइदिने हुँदा त्यसैका आधारमा बस्ने गरेका छन् ।
विकाससँगै उपभोक्तावाद पनि मौलाउँदै छ । परिणामतः त्यस्ता सहरहरू आर्थिक अवस्था कमजोर भएका चिनियाँ र तिब्बती मूलका युवतीसँगसँगै नेपाली युवतीहरूको पनि रतिराग विनिमयका गन्तव्य बनेका छन् । चीनमा उत्पादित उपभोग्य सामग्रीको बिक्री तथा नेपाल निर्यातको प्रमुख नाका केरुङ त्यस्तै एउटा सानो सहर हो, जहाँ बिहानदेखि साँझसम्म कारोबार चल्छ । र, साँझ छिप्पिँदै गएपछि नारी देहसँगको अभिसारमा रमाउने लालसा राख्छ, यो सहर । ठ्याक्कै यहीँनेर स्थानीय बासिन्दाका लागि नेपाली युवती यौनसुख आपूर्तिको साधन बन्ने क्रम बाक्लिँदो छ । करिब दुई किलोमिटर क्षेत्रफलमा फैलिएको अग्लो पहाडको खोचमा रहेको र भोटेकोसी नदीको आडमा बसेको पुरानो वस्तीको झल्को दिने केरुङ रतिरागात्मक सम्बन्धको साइनो खोज्नेका लागि सहज पहुँच भएको विस्तारति बजार बन्दै छ, जहाँ नेपाली युवतीको अत्यधिक माग छ ।
काठमाण्डौंभन्दा केरुङमै कमाई
नेपालको भन्दा बढी मासिक पारश्रिमिक र लोभलाग्दो टिप्सका कारण पनि नेपाली युवती यतातिर आकषिर्त भइरहेका छन् । यसबाहेक देहसुख प्रदान गरेबापत पाउने रकम अर्को आकर्षण हो । कल्पना भन्छिन्, ‘पैसा भए पनि बन्धकजस्तो जीवन भएकाले मज्जा छैन मुग्लानमा ।’
काठमाण्डौंका डान्सबारमा नाचेर खप्पिस भइसकेकी धादिङकी निशा सुनार (नाम परिवर्तन) लाई यहाँ नाच्न खासै अप्ठ्यारो भएन । उनी त्यहाँ मासिक २५ हजार रुपैयाँको फिक्स्ड तलबमा गएकी थिइन् । उनका अनुसार उनले नेपालमा रातभरि डान्सबारमा नाचे पनि कहिल्यै आफ्नो जवानीको सौदा गरिनन् तर, केरुङ भने उनको त्यो अडान कायम रहेन । छोटो समयमा अत्यधिक पैसा कमाउने लालच र त्यहाँको उत्तेजक वातावरणले नै उनलाई आफ्नो जवानीको सौदा गर्न उक्सायो । यहाँ अहिले सञ्चालित दुई डान्सबारमा उनीसँगै नेपाली भुमिका २९ जना युवतीहरुको सपनाको शहर बनेको छ, अर्धनग्न र अश्लिल शैलीमा नाचेर बाँच्ने थलो केरुङ ।
तर, उनको कुनै गुनासो छैन । उनी भन्छिन्, ‘सबैले आफूसँग जे छ, त्यसैको प्रयोग गरेर जीवन निर्वाह गर्ने हो । मसँग जवानी छ, यसैको उपभोग गरेँ । तपाईँलाई थाहा छ ? जवानी भनेको बियरको सिसीजस्तै हो । कहिल्यै रित्तिने होइन । यो त जति पिलायो त्यति भरिन्छ ! यो पेसाले मेरो सम्पूर्ण इच्छा पूरा गरिदिएको छ । पैसावाल मान्छेको मात्रै महत्व हुने यो समाजमा जसरी भए पनि पैसा कमाए भइहाल्यो नि ! कि कसो ?
‘माई लाइफ, माई राइट’, घर नुवाकोट र नाम कल्पना खत्री बताउने बार डान्सरले अलिक झर्किंदै भनिन् । नेपालसँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत अन्तर्गत पर्ने खासामा भेटिएकी २१ वर्षिया कल्पना विगत तीन महिनादेखि स्थानीय झुपा (बियर बार) मा नर्तकी छन् । नेपाली, तिब्बती तथा चिनियाँ र केही संख्यामा भारतीय आगन्तुक बारका पाहुना हुन् । पाहुनासँग नारिंदै उनीहरूको टेबुलमा बसेर पाहुनालाई स्पर्श गर्नु, पाहुनासँगसँगै चुरोटको सर्को र ल्हासा बियरको चुस्की लिएर फ्लोरमा आफ्नो नृत्यकला देखाउनु नै उनको पेसा हो । तर, कुती, केरुङ र ल्हासामा झुपा भन्नासाथ बियर बार मात्र बुझिँदैन, देहसुखका लागि भौँतारिनेहरूको चौतारी भन्ने पनि बुझिन्छ ।
निशा र कल्पनाजस्ता नेपाली नतर्कीहरु १२ बजे खाना खाएपछि साँझ ४÷५ बजे उठ्छन् उनीहरु । उठेपछि शृंगारपटारको हतारोमा देखिन्छन् । फेरी आफ्नो कार्यथलो बारमा गएपछि उही नित्यक्रम दोहरिन थाल्छ । नगरबधुको भूमिकामा आफूलाई अभ्यस्त बनाउन उनीहरू सिपालु हुँदै छन्, यसरी दिनदिनै । यसबाहेक गतिलो कमाईकै लागी अतिरिक्त समय ग्राहकसँग शारिरिक सम्बन्धमा पनि उनीहरुको जवानी बिक्छ । यहाँ काम गर्ने गोरखाकी एक युवती भन्छिन्, ‘नाच्दानाच्दै कुनै ग्राहकलाई मन प¥यो भने मोवाइल नंबर लिन्छन् र बढी पैसाको अफर गरेर पछि बोलाउँछन् ।’ गुरुङ थरकी यि युवती आफु सेक्सी र सुन्दरी भएकै कारण धेरै ग्राहकका लागी सेक्स र मस्तीका लागि ‘फस्र्ट च्वाइस’ मा आफू पनि पर्ने गरेको दाबी गर्छिन् र भन्छिन्, ‘यसलाई नराम्रो नजरले हेरिन्छ, तर म भन्छु वैंश र जवानी यत्तिकै खेर फाल्न आएको होइन । यसको सदुपयोग नभए, यो जिन्दगीको के अर्थ छ र ? बाँचुन्जेल, रोमान्स र बिन्दास चाहिन्छ अनि पैसा ।’
हानहरुको देहसुख र व्यापार विस्तारको साधन
नेपाली युवतीको अभावमा केरुङमा डिस्को, बार र रेस्टुराँ तथा लजहरूले मनग्गे आम्दानी गर्न नसक्ने भएकाले यहाँ नेपाली युवतीहरूको उपस्थिति चिनियाँ पक्षका लागि अनिवार्यजस्तै बनेको देखिन्छ । ल्हासा र केरुङको बजार विस्तार हुँदै गएपछि त्यहाँको मुख्य व्यापारमा हान वंशीय चिनियाँहरूको प्रभुत्व भइसकेको छ । हानहरूको प्रवेशले स्थानीय तिब्बती जनतामा निराशा आउला भनेर पनि उनीहरूलाई भुलाउन यहाँका डिस्को, बार र रेस्टुराँमा नेपाली युवतीहरूको प्रवेशलाई स्थानीय प्रशासनले प्रोत्साहित गरेको बताउँछन्, केरुङमा होटेल व्यवसाय गर्दै आएका रसुवाका डेनी तामाङ । उनका अनुसार खासा, कुती, केरुङ, ल्हासालगायतका तिब्बती क्षेत्रमा चिनियाँ सरकारले चिनियाँ नागरकिका लागि ‘सेक्स पार्लर’ सञ्चालनको अनुमति दिएको छ ।
यसबाहेक, आफ्नो घरेलु व्यापारमा कुनै कमी नहोस् भन्नाका लागि पनि यहाँ नेपाली युवतीको खपत हुन्छ । ‘रेस्टुराँ तथा डान्स बार सञ्चालकले नियमित ग्राहकलाई खुसी पारेर आफ्नो व्यापार बढाउन नेपाली युवतीहरू अत्यावश्यक हुन्छन्, नेपालबाटै खासा पुगेर खम्बा डिस्कोमा काम गर्ने स्याङ्जाकी अनुष्का बस्नेत भन्छिन्, ‘यहाँ नेपाली युवतीहरू नहुने हो भने प्रायः डिस्को तथा रेस्टुराँ र लज बन्द गर्नुपर्ने हुन्छ ।’
सम्भवतः यही कारणले हुनसक्छ, यसरी केरुङलगायतका क्षेत्रमा पुगेका नेपाली युवतीहरूमाथि प्रहरीले कुनै केरकार गर्दैन । दुई महिनामा एकपटक रक्त परीक्षण गर्दा कुनै गम्भीर रोग नदेखिएसम्म उनीहरूलाई नेपाल र्फकन हतोत्साहित नै गरिन्छ । चिनियाँ प्रहरी स्वयं पनि यस्ता नेपाली युवतीका लागि पैसा खर्च गर्न सक्ने भलादमी ग्राहक हुन् । नेपालमा जस्तो प्रहरीबाट उनीहरूले प्रताडित पनि हुनु पर्दैन । यहाँका प्रहरी नेपाली युवतीका लागि सहज छन् ।
केरुङ र ल्हासा पुगेपछि के गर्छन् केटीहरू ?
तीब्बतमा पुगेपछि त्यहाँको डान्सबार वा डिस्कोथेकका मालिकले फोटोअनुसार केटीहरूलाई नेपालको सीमा नाका रसुवागढी र तातोपानी खासा हुँदै रिसिभ गर्छ । त्यसपछि उनीहरू आफ्नो काममा खटिन्छन् । फिक्स्ड तलबमा काम गर्ने कि कलेक्सनमा ? रोजाइ केटीहरूकै हुन्छ । फिक्स्डमा काम गर्नेले ल्हासामा मासिक २० हजारदेखि बढिमा ३० हजार रुपैयाँसम्म तलब पाउँछन् भने । केरुङमा सुरुमा तलब २० हजारमात्र हुन्छ । कलेक्सनमा भने ग्राहकहरूबाट जति धेरै टिप्स कलेक्ट गर्न सक्यो, त्यहीअनुसारको कमिसन आउँछ । कमिसनमा काम गर्ने डान्सरहरूले एउटा फिक्स्ड एमाउन्ट भने कलेक्ट गर्नैपर्ने हुन्छ । सेक्सी र स्मार्ट केटीहरू कलेक्सन बेसिसमा काम गर्न रुचाउँछन् र प्रतिमहिना ५० हजार रुपैयाँसम्म कमाउँछन् ।
डान्सबारका केटीहरू ग्राहकसँग बाहिर पनि जान सक्छन् । यो केटीहरूको निजी इच्छा हो । केटी ग्राहकसँग जान तयार छ भने ग्राहकले केही पैसा डिपोजिट गर्नुपर्छ । उनीहरू डान्सबारबाट सीमित समयका लागि बाहिर जान पाउँछन् । ग्राहकसँग बाहेक केटीहरू एक्लै बाहिर डुल्न जान पाउँदैनन् । उनीहरू दिनभर कोठामा बस्नुपर्छ । महिनामा एकपटक भने डान्सबारको साहुले नै उनीहरूलाई घुमाउन लैजान्छन् ।
डान्सप्रति बढ्दो आकर्षण
राजधानी काठमाण्डौंमा उच्च शिक्षा अध्ययन गर्न जानेहरू आर्थिक अभावका भएपछि सुरुमा साथीहरुको लहैलहैमा काठमाण्डौंकै डान्सबारमा नाच्न जाने गरेको केरुङमा रहनेहरुबाट बुझिन्छ । छोटो समयमै धेरै आम्दानी हुने भएपछि केटीहरू दलालमार्फत् यतातिर तानिएका हुन् । तीन महिना नेपालमा नाचेर आउनेहरूले यहाँ कम्तीमा पनि ४ गुणा कमाउँछन् । अझ मालदार ग्राहक पाउनेहरूको जीवनशैली त निकै हाइफाइ भइसकेको हुन्छ । कति त लाखौं कमाइसकेर भागेरै पनि नेपाल फर्किने पनि छन् । पछि आफ्नै डान्सबार सञ्चालन गर्ने र अन्य व्यापार व्यवसायतिर लाग्नेहरु पनि भएको यहाँ आएर व्यवसाय गर्ने नेपालीहरु बताउँछन् ।
चीनतर्फ मानव बेचविखन मौलँदो
चाईनीज सामान विक्री वितरणको प्रमुख नाकाको रुपमा परिचित केरुङ र खासा बजारमा पछिल्लो समय मानव बेचविखन मौलँदै गएको छ । केरुङमा संचालित पसल तथा डान्सबारलाई आवश्यक जनशक्ति जुटाउने क्रममा मानव बेचविखन हुने गरेको टिमुरे, रसुवागढी क्षेत्रका वासिन्दाहरु बताउछन् ।
यसरी तिब्बतका खासा, कुती, केरुङ र ल्हासामा नेपाली एजेन्ट र यहाँका रेस्टुराँ तथा डान्स बारका चिनियाँ मालिक तथा तिनका केही प्रतिशतका नेपाली साझेदारको मिलेमतोमा नेपालबाट युवतीहरू त्यहाँ रहेका रेस्टुराँ, डान्स बार र कतैकतै मसाज पार्लरमा ल्याइन्छन् । यी सहरहरूमा पुग्नेमध्ये सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, कैलाली, झापा, दोलखा, रौतहट, तेह्रथुम, बारा, सर्लाही, अर्घाखाँची, रसुवा, नुवाकोट, धादिङ, स्याङ्जा, ललितपुर, नवलपरासी, मकवानपुर, दाङ आदि जिल्लाका युवती बढी छन् । सीमा जोडिएको र गरिबीले सताइएको जिल्ला भएकाले होला, यसरी खासा पुग्ने नेपाली महिला तथा युवतीमध्ये सिन्धुपाल्चोक र रसुवा अनि नुवाकोट जिल्लाका सबैभन्दा बढी छन् । यहाँको वाङ्यु डिस्को बारमा डिजेका रूपमा कार्यरत हेटौँडाका निमा लामाका अनुसार केरुङ मात्र दुईवटा डान्स बार, अरु तीन वटा अझ खुल्ने क्रममा छन् । सात वटा नेपाली प्रकृतिका होटल, ४ वटा लज र आधा दर्जनभन्दा बढी क्याबिन शैलीका रेस्टुराँ सञ्चालनमा छन् ।
ल्हासा र केरुङ बजारको प्रमुख स्रोत नै नेपाली व्यापारी भएको र पसल तथा डान्सबारका लागि आवश्यक जनशक्ति नेपाली प्रयोग गर्दा भाषा र तलब समेत कम दिदाँ हुने भएकाले चिनियाँ व्यापारीहरुले दलालहरुमार्फत जनशक्ति आपुर्ति गरिरहेको प्राप्त स्रोतले जनाएको छ । केरुङ बजारको पसल तथा डान्सबारहरुमा थुप्रै नेपालीले काम गरिरहेको र उनीहरु प्रायः दलालमार्फत नै त्यहाँ पुग्ने गरेको बताइएको छ । पसल तथा डान्सबारहरुले सेलार, बन्सर, गायक र नृत्य गर्ने महिला तथा पुरुषहरु खोजी गरिरहेको र यस्ता जनशक्ति ल्याउनेलाई सघाए वापतको गतिलै रकम दिने गरेको बताइएको छ ।
कसरी पुर्याइन्छ केटी
यहाँका डिस्कोहरुमा केटी सप्लाई गर्ने मकवानपुर घर बताउने मिलन गुरुङ भन्दै थिए,–‘एउटी गरिब नेपाली केटीले काठमाडौँको डान्सबारमा नाचेर कति नै कमाउँछे र ? ‘केटी साह्रै बुलेट परी भने महिनामा २० देखि ३० हजारसम्म कमाउँछे । काठमाडौँमा कामको ग्यारेन्टी छैन । कति बेला पुलिसले छापा मारेर खोरमा पुर्याउने हो, त्यसको पनि ठेगान हुँदैन । त्यसैले नाच्ने केटीहरू चीनतिर तानिएका हुन् । त्यसैले केरुङ र ल्हासा तेस्रो मुलुकभन्दा सुरक्षित गन्तव्य मानिन्छन् । केटीहरूका लागि र दलालका लागि पनि ।’ उनी बेलिविस्तार लगाउँछन् ।
यो गैरकानुनी काम किन गर्नुभइरहेको छ ? प्रश्न भुइँमा झर्न नपाउँदै उनी जवाफ आउँछ, ‘नेपालमा कुन गैरकानुनी काम रोकिएको छ र ? लाइन मिलाएपछि यो देशमा नहुने केही छैन । तलदेखि माथिसम्म च्यानल फिट छ हाम्रो । स्मुथली काम हुन्छ । कुनै निकायको आँखा लागेको छैन अहिलेसम्म । त्यसैले हाम्रो धन्दा चलेकै छ ।’
‘हामीले नागरकिताका आधारमा केरुङ प्रवेशका लागि एकदिने पास दिनैपर्छ, अध्यागमनका एक कर्मचारी भन्छन्, ‘त्यहाँ अनुचित काम गर्न लागेको शंका लागे पनि हामीले प्रवेश पास रोक्न मिल्दैन । किनभने, नियम नै यस्तै छ ।’ ‘कुनै सामाजिक संस्था र प्रहरी निकायको समन्वयका आधारमा त्यसरी खासामा बेचिन थालेका युवतीलाई परामर्श दिन र सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुन्छ, यसका लागि नियमतः हामी रोक्न सक्दैनौँ ।’
चिनियाँ प्रहरीले नेपाली नागरकिता र सानो उमेरका लागि विद्यालयको परिचयपत्र हेर्ने भएकाले खासामा युवती पठाउने गिरोहको सञ्जालले नक्कली नागरकिता र विद्यालयको परचियपत्रसमेत बनाएर पठाउने गरेको देखिन्छ । तर, चिनियाँ प्रहरीले नेपाली युवतीहरूको आगमनलाई प्रोत्साहित नै गर्दै आएको छ ।
विदेशी डान्सबारमा केटी सप्लाई गर्ने दलाल थुप्रै छन् काठमाडौँमा । प्रहरीलाई यसको पूरै जानकारी छ । डान्सबार सञ्चालन गर्नेले आफ्नो पेसालाई दक्षिण अफ्रिकासम्म पुर्याएका छन् । मुख्य दलालहरूले थुप्रै ‘उपदलाल’ हरू बजारमा छोडेका हुन्छन् । यस्ता उपदलालहरू गाउँ घरतिर सुन्दर केटीको खोजीमा जान्छन् । उपदलालले केटी खोजेर काठमाडौँ ल्याएपछि उनीहरूलाई यहाँको डान्सबारमा प्रशिक्षण दिइन्छ । कम्मर मर्काउन जानेकी छैन भने डान्स स्कुलमा तालिम दिइन्छ । केटी निर्वस्त्र नाच्न पनि नहिचकिचाउने भएपछि गन्तव्यका बारे मोलमोलाई सुरु हुन्छ ।
डान्सरको खोजीमा डान्सबार धाउने दलालहरू स्मार्ट केटीकै खोजीमा हुन्छन् । केटी भेटिएपछि केटीलाई कसले विदेश सप्लाई गर्ने भन्नेमा हानथाप पनि हुन्छ । धेरै दलालहरू सिन्डिकेट बनाएर काम गर्ने हुनाले झगडा पर्दैन । एउटा साथीको कोटा अर्काे साथीलाई दिने चलन छ ।
यसरी नर्तकीहरू जम्मा गरेपछि सुरु हुन्छ फोटो सेसन । केटीको फिगर प्रस्ट देखिने गरी खिचिएका अर्धनग्न फोटोहरू विदेशका डान्सबारहरूमा पठाइन्छ । फोटोमा केटीको छाती ठूलो बनाउने कि हिप, त्यो फोटोग्राफर र केटीहरूको समझदारीमा हुन्छ । फोटोमा केटीको लुक्स पर्फेक्ट देखिएन भने उनीहरू छानिने चान्स कम हुने भएकाले फोटोसपको कमालको साहारा लिने गरिन्छ । ‘तर हामी सकेसम्म छनोट नहुने खालका केटीहरू संकलन नै गर्दैनौँ, ती दलाल भन्दैथिए । छातीका उन्नत उभार, छिनेको कम्मर, उठेको हिप र सेक्सी लुक्स भएका केटीहरू चिनियाँहरूले मन पराउँछन् ।- रामहरि गजुरेल (चीनको केरुङबाट फर्केर)रातोपाटि डट कमबाट साभार
648 X 57 Px gif

«
Next
»
Previous

No comments

Leave a Reply