Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:47 PM 0

एजेन्सी । सेलिब्रिटीहरुसँग त्यस्ता सबै चिकित्सकीय पद्धतीको पहुँच हुन्छ जसले उनीहरुलाई आफ्नो उमेरभन्दा चार–पाँच वर्ष कम देखाउने गर्दछ । कोही धनी र प्रख्यात सेलिब्रिटीहरुले त प्लाष्टिक सर्जरीको पनि सहयोग लिने गर्दछन् । तर कोही भने सन्तुलित आहार र नियमित व्यायामले आफ्नो चमक र जवानीलाई कायम राख्न सफल हुने गर्दछन् । यहाँ यस्ता १० सेलिब्रिटीहरुको बारेमा जानकारी दिइएको छ जो हामीले सोचेभन्दा उमेरदार छन् ।
1 Jennifer-Lopez
१. जेनिफर लोपेजः
दशकभन्दा बढि चर्चामा रहन सफल जेनिफर लोपेज ४५ वर्षको उमेरमा पनि निकै राम्री र सफल छिन् । जुम्ल्याहा सन्तानकी आमा उनी अझै आफ्नो तीस वसन्तमा भएको जस्तै देखिन्छिन् र त्यति उमेर भएको जस्तो देखिन्नन् । यी जवान देखिने सेलिब्रिटी धेरै महिलाको प्रेरणाको स्रोत बन्न सक्छिन् ।
2 Eric_Milligan२. इरिक मिलिगनः
फिल्म ‘बोन्स’ मा डा. ज्याक एड्डीको रोलले चर्चित बन्न सफल इरिक मिलिगन २५ वर्षभन्दा माथि भएको जस्तो देखिँदैनन् तर उनको जन्म सन् १९७४ मा भएको थियो र उनी अहिले ३९ वर्षका भएका छन् । यसका लागि उनीसँग केहि गोप्य कुरा पक्कै छ ।
3 Pauley_Perrette३. पाउले पेरेटः
पाउले पेरेट नायिकाका अलावा गायिका र लेखिका पनि हुन् । उनी हेर्दा भर्खरै २० वर्षमा प्रवेश गरेकी जस्ती देखिन्छन् तर उनको वास्तविक उमेर ४५ वर्ष हो । उनको निकै राम्रो र वयस्क अनुहारका साथै मधुर मुस्कान र सुगठित शरिरले उनलाई यसको भागिदार बनाएको छ ।
4 Tobey_MacGuire४. तोबे म्याकगुइरेः
तपाईंले पत्याउनुहुन्न होला तर यो वास्तविक हो । तोबे म्याकगुइरे छिट्टै नै ४० वसन्तमा प्रवेश गर्दैछन् । ३९ वर्षका यी नायकको थुप्रै फिल्महरुमा हामीले बच्चाको जस्तो अनुहार देख्ने गरेका छौँ । उनले विगत थुप्रै वर्षअघि देखि अभिनय गरिरहेका छन् तर उनको अनुहारले अरु केहि नै बताउँछ ।
5 Bianca-Lawson५. बियांका लसनः
आफ्नो धेरैजसो फिल्महरुमा टिनएजरको भूमिका निभाउन बियांका लसन ३५ वर्षको भइन् भन्दा धेरैलाई विश्वास नहोला ।
6 Johnny_Depp६. जोनी डेपः
जोनी डेप ५० वर्षको हुँदासम्म पनि वयस्क मानिसहरुको भूमिका राम्रैसँग निभाउन सक्छन् ।
7 Emily_Kinney७. इमिली किन्नेः
इमिली किन्ने निकै चर्चित नायिका र गायिका हुकन्ने निकै चर्चित नायिका र गायिका हुकन्ने निकै चर्चित नायिका र गायिका हुन् । ‘द वाकिङ डेड’ मा उनले टिनएजको भूमिका निभाएकी छिन् र उनी २८ वर्षको छिन् भन्दा धेरैले नपत्याउनु होला ।
8 Jason_Earles८. ज्यासन अल्र्सः
ज्यासन अल्र्सले डिज्ने सोमा हाना मोन्टानाको दाईका भूमिका निभाएका थिए । यी रमाइला नायक टिनएजर भने होइनन् । उनले आफू २९ वर्षको हुँदा १६ वर्षे ज्याकसन स्टेवार्टको भूमिका निभाएका थिए । ज्यासन अहिले ३७ वर्षका हुन् । उनी वास्तवमा नै यति उमेरका जस्ता देखिँदैनन् ।
9 Gwen_Stefani९. जिवेन स्टेफानीः
अचम्ममा पर्नुभयो, यी ४४ वर्षीया गायिका भर्खरै २० वर्षमा भएको जस्ती देखिन्छिन् । दुईजना छोराछोरीकी आमा उनले निकै सफलता हात पारेकी छिन् ।
10 Lenny_Kravitz१०. लेनी क्याभित्जः
लेनीले उमेरको मामलामा सधैँ आफ्ना प्रशंसकहरुलाई धोका दिने गर्दछन् । ३० वर्षभन्दा बढि नदेखिने उनीहरु वास्तवमा ५० वर्षका भइसकेका छन् ।-रातोपाटि
648 X 57 Px gif

«
Next
»
Previous

No comments

Leave a Reply