Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:46 PM 0

रोल्पा । भरुवा बन्दुक प्रहारबाट रोल्पामा श्रीमानले आफ्नै जीवन संगीनीको हत्या गरेका छन् । ह्वामा–८ ह्वामा गाउँका ३३ वर्षीय श्यामकुमार बाँठामगरले शुक्रबार दिउँसो गोली हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार भरुवा बन्दुकको बारुद लागेर ३२ वर्षीय श्रीमती जसमिता वाँठामगरको हत्या गरेका श्यामलाई गाउँलेले समातेर प्रहरीलाई खवर गरेका हुन् । प्रहरी नायव उपरिक्षक नविनराज राईका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घतनास्थल सदरमुकाम लिबाङबाट तीन घण्टा पैडल पुग्न सकिन्छ ।

‘बन्दुकले हानेर पत्नीको हत्या गरेकाले समातेर राखेको खबर आएपछि तत्काल प्रहरी घतनास्थल गएको थियो ।’, प्रनाउ राईले भने, ‘सइ जिवराज थापाको नेतृत्वमा प्रहरी गाउँ पुगेको हो ।’ प्रहरी वेलुका करिव ७ वजे गाउँ पुगेको हो । छिमेकीका अनुसार श्यामले आफ्नै दाजुको घरमा पत्नीलाई गोली हानेका थिए । ‘घरभित्र बन्दुकको आवाज आएको सुनें ।’

 गोठालो गएका छिमेकीले भने, ‘गाई घरमा वाँधेर वुझ्न जाँदा श्रीमतीको हत्या गरेको थाहा भयो ।’ प्रत्यक्ष्यदर्शिका अनुसार श्रीमतीको दाँया कोखामा गोली लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । बेलावेलामा श्रीमतीसगँ झगडा गर्ने र कुटपिट गर्ने गरेको गाउँले वताउछन् । प्रत्यक्षदर्शीका अनुसार केही दिन अघि श्रीमती, छोरा र छोरीलाई कुटपिट गरेपछि उनीहरु जेठाजुको घरमा वस्दै आएका थिए ।

श्यामका दिदीकी छोरी (भान्जी) को विवाह भएकाले उनको दाजुको घर जन्त आएका थिए । दाजुको घरमा जन्त भएकै वेला उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले घतनास्थलको मुचुल्का उठाई शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याएको छ । हत्यारा श्रीमान प्रहरी नियन्त्रणमा रहेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply