Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:03 AM 0

काठमाडौँ । नेपालमा गएको महाभूकम्पले निम्त्याएको विपत्तिको सामना गर्न अमेरिका जस्तोसुकै सहयोग गर्न तयार रहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ ।

मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँसँग सन्देश पठाउँदै राष्ट्रपति ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटी ओबामाको सन्देश सुनाउनुभएको हो । सन्देशमा ओबामाले ‘नेपाललाई चाहिएजति सहयोग अमेरिका हृदयदेखि गर्न तयार रहेको छ । भूकम्प पीडितहरुको घर बनाउने, पुनर्स्थापनामा पनि हातेमालो गर्न तयार छ ।’ भन्नुभएको छ ।

देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गर्नुभएको थियो ।

सो अवसरमा तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका विषयमा पनि कुराकानी भएको र खोजीका लागि भएका सबै प्रयासका बारेमा अवगत गराइएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित हुनुहुन्थ्यो ।

«
Next
»
Previous

No comments

Leave a Reply