Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:07 AM 0

नुवाकोट –विशालु जंगली च्याउ खाँदा नुवाकोटको एउटा सिंगो गाउँका स्थानीयहरु नै बिरामी परेका छन् । बिहीबार साँझ सामरी–६ मैबल गाउँका स्थानीयहरु मिलेर जंगलबाट खोजेर ल्याएको विशालु च्याउ खाएपछि बिरामी परेका हुन् । बिरामी परेका ३१ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने विषाक्त च्याउको सेवनबाट गम्भिर भएका ६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । 
 ‘४÷५ जना बुढाहरुले दिनभरी जंगलमा च्याउ खोजेर साँझपख च्याउ ल्याए र ८ घरले मिलेर बाँडीचुँडी पकाएर खायौँ, मैबलका स्थानीय युवा आइतमान तामाङले भने, ‘उहाँहरुले खानहुन्छ भनेपछि सबैले विश्वास लाग्यो, तर, खाएपछि एक्कासी बिरामी भयौँ अनि वान्ता आउने र बहुलाझैँ गाउँका सबै एकैचोटी बर्बराउन थाले ।
बिरामी भएर अस्पताल भर्ना भएका स्थानीयका अनुसार बेलुका ८ बजेको समयमा खानासँगै जंगली च्याउ पकाएर खाएका गाउँलेहरुले केही समयमै वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र बर्बराउने जस्ता लक्षण देखाउन थालेका थिए । ‘तर, गाडी खोजेर समयमै अस्पताल आउन पाएका कारण बाँचिएला जस्तो छ । नत्र, उतै मरिने रहेछौँ’ त्रिशूली अस्पतालमा उपचाररत रस्मिता तामाङले भनिन् । रस्मिताका अनुसार गाउँका अन्य व्यक्तिहरुसँगै उनका हजुरबुबा कामी तामाङले पनि जंगलबाट च्याउ ल्याएर उनको ६ जनाको परिवारलाई खुवाएका थिए । च्याउको सेवनबाट बिरामी परेकामध्ये ८ जना बालबालिकाहरुसमेत छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ । 
च्याउ खाएर बिरामी भएकाहरुमा गर्भवती महिलासमेत विरामी परेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यसरी विशालु च्याउको सेवनले पेटमा रहेको शिशुलाई समेत गम्भिर असर पु¥याउन सक्ने जाँचको क्रममा देखिएको जानकारी दिए । ‘च्याउ खानेबित्तिकै सबैले वान्ता गरेका थिए र हतार–हतार अस्पताल ल्यायौँ, सामरीकी स्थानीय महिला रमिता तामाङले भनिन् । यस गाउँका स्थानीयले प्रायःजसो जंंगलबाट ल्याएको च्याउ खाने गरेका थिए । तर, यसपटक भने गाउँलेहरु यसरी बिरामी परेको पहिलोपटकको घटना भएको गाउँलेहरु बताउँछन् ।
 विशाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले जानकारी दिए । ‘कतिपय च्याउमा अत्याधिक विषको असर हुन्छ र जसले ज्यानसमेत लिइदिन्छ, उनले भने, ‘यहाँ आएका सबैजसो विरामीहरुमा मसरुम इजनिङ र मसरुम टक्सिसिटी छ । उपचारपछि सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्छ ।’

«
Next
»
Previous

No comments

Leave a Reply