Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:28 AM 0

एजेन्सी । बलिउडका अभिनेत्रीहरूले स्टेज पर्फमेन्सबाट आकर्षक रकम लिने गरेको समाचार सुनिए पनि अभिनेत्री प्रियङ्का चोपडाले हालै एक कार्यक्रममा लिएको रकम सुन्दा सबै चकित पर्ने खालको छ ।

 एक अवार्ड वितरण कार्यक्रममा चोपडाले एक करोड २५ लाख भारू अर्थात २ करोड रुपैयाँ लिएको चर्चासँगै उनी बलिउडमा स्टेज कार्यक्रमको सबैभन्दा बढि रूपिँया लिने कलाकार बनेकी छिन् । हालै स्टार गिल्ड अवार्डस् वितरण कार्यक्रममा चार मिनेटको पर्फमेन्सका लागि अभिनेत्री चोपडाले गुन्डे चलचित्रको गीत अस्सलामे– ए– इश्कुम... बोलको गीतमा केही समय स्टेज तताएकी थिइन ।

 उनले यो पर्फमेन्सवापत यति धेरै रकम लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसभन्दा अघि पनि भारतका एक मारवाडीले विवाहको अवसरमा नृत्य कार्यक्रमको लागि चोपडालाई नब्बे लाख दिने घोषणा गरेका थिए । यो समाचारले पनि बलिउडमा निकै चर्चा पाएको थियो ।

 हालै श्रीलङ्कन सुन्दरी एवं बलिउडमा करियर चम्काउन व्यस्त अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि एक महोत्सवमा तीन मिनेटको पर्फमेन्सका लागि ७५ लाख रूपिँया लिएको खबर सार्वजनिक भएको थियो । यो विषयलाई लिएर सामाजिक संञ्जालहरुमा विभिन्न प्रतिक्रिया आउने क्रम पनि निरन्तर नै छ ।

«
Next
»
Previous

No comments

Leave a Reply