Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:20 PM 0

काठमाडौ । मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छाडे। आफ्नै काका श्रीप्रसाद गुरुङले नाइजेरियामा सेक्यूरिटी गार्डमा आकर्षक तलबसहितको जागिरको अवसर सुनाएपछि उनले सेनाको जागिर छाडेका थिए।

काकालाई चार लाख रुपैयाँ बुझाएर उनी कहिलेकाहीँ मात्रै नाम सुनेको अफ्रिकी देश नाइजेरिया जान तयार भए। नाइजेरिया त पुगे तर, पैसा कमाउने होइन, ज्यान बचाउनैलाई उनलाई मुस्किल भयो। महिनौँ झुलाएपछि उनलाई त्यहाँ जागिर होइन, समलिंगी बन्न प्रस्ताव गरियो।

त्यहाँको एक होटेलमा तीन महिना बन्धक बनाइएपछि अनेक समस्यासँग जुध्दै गत साउनमा उनी नेपाल फर्किएका थिए । नाइजेरियामा काम गर्न गएका उनीसहित १० जना बल्लतल्ल ज्यान जोगाएर फर्किएका थिए। आकर्षक कमाइको सपनामा गुरुङजस्तै लाखौं नेपाली युवायुवती अवैध रुपमा विश्वका विभिन्न देश पुग्ने गरेका छन्। तिनीहरुमध्ये युवती यौनका लागि र पुरुष श्रमका लागि बेचिने क्रम बढ्दो छ।

कुनै समय मानवतस्करी तथा बेचबिखन भन्नेबित्तकै नेपाली युवतीलाई फकाएर मुम्बई पुर्याई बेचिने बुझिन्थ्यो ।

तर अहिले मानव तस्करीको स्वरुप पनि फेरिएको छ । मुम्बई मात्र होइन,इरान,अफगान्स्तिानदेखि युरोप अमेरिका तथा अफ्रिकी मुलुकमा समेत नेपालीहरु बेचिन थालेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply