Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:59 AM 0

एजेन्सी । आफ्नो प्रेमिकाको कान टोकिदिएर चुँडालेको बनाएको र प्रेमिकाको बिरालोको घाँटी छिनालेर हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । घटना अमेरिकाको हो । मिनिसोटास्थित चास्काका ५१ वर्षे माइकल ट्रुडिउलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यहाँस्थित एक अपार्टमेन्ट कम्प्लेक्समा घरेलु हिंसाको उजुरी परेको आधारमा उद्धारका लागि पुगेको प्रहरी टोलीले रगताम्मे भएकी ४२ वर्षकी एक महिलालाई पक्राउ गरेको छ । प्रहरीसँगको कुराकानीमा पीडित महिलाले ट्रुडिउसँग आफ्नो दुइवर्ष देखि सम्बन्ध रहिआएको र पछिल्लोपटक भोट्का तानेर रसरंग गरिरहेको समयमा उत्पन्न विवादपछि आफुमाथि उसले आक्रमण गरेको बताइन् ।

झगडा चर्किएपछि पुरुषले प्रेमिकालाई झापड हानेर भुइँमा लडाएको र मार्छु भन्दै मुखबाट छाता घुसाइदिन लागेको अनुसन्धानबाट खुलेको छ । तर आफुमाथि आक्रमण गर्ने प्रेमीको प्रतिरोध गर्दै महिलाले औँला टोकिदिएपछि ट्रुडिउले उनको कान खतरनाक तरिकाले टोकेर केही भाग चुँडाइदिएका थिए । उनको चुँडिएको कानको टुक्रा डाक्टरहरुले समेत जोड्न सकेनन् ।

ती घाइते महिलाका अनुसार केही हप्ताअघि ट्रुडिउले आफ्नो बिरालोलाई पिटेर हत्या गरि कैँचीले टाउको छिनालिदिएका थिए । प्रेमिकाको कान टोकिदिने तथा बिरालो मार्ने अपराध गरेका ती पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गर्नुको साटो उल्टै पुलिसलाई नै गोली ठोक्ने धम्की दिएका थिए ।

उनीमाथि आक्रमण, आतंककारी धम्की तथा जनावरमाथि दुव्र्यवहारको अभियोगमा मुद्दा चलाइएको छ । स्मरण रहोस् यसअघि आफ्नै श्रीमती कुटेको अभियोगमा उनले २ वर्षको जेल सजाय पाएका थिए भने सन् २००६ मा कुकुरको छाउरो मारेको अभियोगमा सजाय पाएका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply