Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:46 AM 0

मुम्बई,एजेन्सी । ९० को दशकमा बलिउडमा कब्जा जमाएकी मीनाक्षी शेष अहिले फिल्मबाट टाढै छिन् । १६ नोभेम्बर १९५९ मा झारखन्डमा जन्मेकी उनले १९८१ मा मिस इन्डियाको ताज जितेकी थिइन् । पेन्टर बाबु, जुर्म, घायल, शंहशाह, घातक, दामिनीजस्ता चर्चित फिल्ममा उनले अभिनय गरेकी थिइन् ।

ममता कृलकर्णी पनि फिल्मबाट निकै टाढा पुगेकी छिन् । तिरंगाबाट फिल्मी करिअर सुरु गरेकी उनी आशिक आवारा, करण अर्जुन, क्रान्तिवीर, वक्त हमरा है, सबसे बडा खिलाडी, बाजी, चाइना गेट र बेकाबुजस्तो चर्चित फिल्ममा आफ्नो अभिनय पस्किन् ।हालै उनी लागुपदार्थसहित पक्राउ परेको खबर अपुष्ट भएको जनाएको छ ।

उनलाई रियालिटी सो बिगबोसमा निम्तो दिएपनि उनले अस्वीकार गरेको बताइन्छ । आएशा जुल्क पनि बलिउडबाट गायब छिन् । सन् १९८३ मा कैसे कैसे लोगबाट फिल्म यात्रा थालेकी उनले मीत मेरे मन के, जो जिता वही सिकन्दर, रङ, दलाल, अकेले हम अकेले तुम जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन् । सोनु वालियाले मोडलिङ हुदैं बलिउडमा आफ्नो कदम बढाएकी थिइन् ।

शर्त फिल्मबाट डेब्यु गरेकी उनले खुन भरी माङगा, आकर्षणजस्ता फिल्ममा अभिनय गरिन् । बोल्ड सिन दिनमा यिनी माहिर मानिन्थे । अनु अग्रवाल पनि अहिले बलिउडमा देखिन्नन् । आशिकी फिल्मबाट चिनिएकी उनी द क्लाउड डोर, तामिल फिल्म थिरुदाथिरुदा र खलनायिकामा काम गरिन् । त्यसपछि उनी यतिकै गायब भइन् ।
भिडियो क्लिप हेर्न तलको फोटो मुनि क्लिक गर्नुहोस !

«
Next
»
Previous

No comments

Leave a Reply