Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:47 AM 0

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ ।

 भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् ।
हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि ।

यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
१. मेष राशीः
मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२. वृष राशीः
जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३. मिथुन राशीः
२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४. कर्कट राशीः
जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५. सिंह राशीः
सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६. कन्या राशीः
कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
७. तुला राशीः
२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
८. वृश्चिक राशीः
वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९. धनु राशीः
जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
१०. मकर राशीः
२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११. कुम्भ राशीः
जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२. मीन राशीः
मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ

«
Next
»
Previous

No comments

Leave a Reply