पत्याउनै गाह्रो : उत्तेजना शान्त पार्न गुप्तांगमा २४ सुइ लगाउन परेपछि
ABC Khabar Sansar
5:10 AM
0


एक युवकको लिंग लगातार १७ घण्टासम्म उत्तेजित भैरहेपछि डाक्टरहरुले उसको लिंगमा भरिएको दुइ पिन्ट रगत बाहिर निकाल्नुपरेको छ ।
अघिल्लो रात आफ्नी गर्लफ्रेण्डसँग सहवास गरि सुतेका गार्नेट रातभर सुतेपनि अर्को विहान उठ्दा आफ्नो गुप्तांग उत्तेजित नै भएको देखेपछि झसँग भए । उनले गुप्तांगलाई उत्तेजित नपार्न धेरै प्रयास गरे, तर सकेनन् ।
उनले लिंगलाई शान्त पार्नका लागि बरफले सेक्ने, चिसोले नुहाउनेदेखि लिएर जगिङ समेत गरे । तर त्यसले काम नगरेपछि उनी अस्पताल पुगे । डाक्टरहरुले गुप्तांगमा जमेको रगत बल्लतल्ल निकालेर उनको लिंगको उत्तेजना हटाइदिएर सामान्य अवस्थामा ल्याइदिएपछि उनले आफुले नयाँ जिवन पाएको बताए ।
यो घटना आफ्नो जिवनको सबैभन्दा डरलाग्दो घटना भएको बताए । डाक्टरहरुले आफ्नो लिंगमा सुइ रोपेको घटना सबैभन्दा डरलाग्दो अनुभव भएको भन्दै उनले त्यसलाई हरर फिल्मसँग तुलना गरेका छन् । आफुलाई पूरापूर पीडा महसुस भएको उनको भनाइ छ ।

No comments