Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:45 AM 0

काठमाडौं । निर्माता छविराज ओझामा यूवती प्रतिको आकर्षण केही बढी नै देखिन्छ । उनी, यस बारेमा खुलेरै कुरा पनि गर्छन् । छवि ओझाको जीवनमा आउने युवतीहरु नेपालको पूर्वी क्षेत्रका धेरै देखिन्छन् ।

मोरङ कि रेखा थापा हुन् या विराटनगरकी शिल्पा पोख्रेल, छवि ओझाको जीवनमा जोडिएका युवती पूर्वी क्षेत्रकै देखिन्छन् । छवि भन्छन्-‘मेरो घर धरान हो । म घर नै जान्न । यसैले पूर्वका यूवतीहरु देख्दा आफ्नै जस्तो लाग्छ ।’ छविले नेपालको पूर्वी क्षेत्रका युवतीलाई चलचित्रमा ल्याउनुको कारण पनि त्यही रहेको खुलाए ।

छविले आफ्नो जीवनमा अहिले भ्याकेन्सी खाली रहेको खुलाए । अनी शिल्पाको कुरा के भो त ? छविले भने-‘उनी त छँदै छिन् नि ।’ उसो त छवि ओझा यस्ता कुरा चर्चामा आउनका लागि पनि गर्छन् ।

तर, उनको जीवनमा जोडिने विभिन्न युवतीका नामले पनि उनमा युवती मोह बढी भएको स्पष्ट हुन्छ । चलचित्र चलाउने समयमा छवि ओझासँग युवतीको नाम अझै बढी जोडिएको पाइन्छ ।
स्रोत/अनलाइन खबरबाट

«
Next
»
Previous

No comments

Leave a Reply