Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 8:10 PM 0

यो देशको लागि म जन्म लिएको हुँ
 मसँग कसैले युद्धको अब कुरै नगर्नु
 रात दिन मलाई चिन्ता यही देशको लाग्छ
 केही नगरि म मरे भने पिरले मन पाक्छ’

 माथि उल्लेखित देशभक्तिपुर्ण शब्दहरुले भरिएको एक गीतमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले अभिनय गरेका छनु ।

नेपाली जनतामाझ लोकप्रिय प्रहरीको छवि बनाएका एसएसपी खरेलले अभिनय गरेको यस गीतको म्युजिक भिडियोको भर्खरै छायांकन गरिएको हो । पहिलोपटक एसएसपी खरेल यसरी भिडियोमा देखा पर्न लागेका हुन् ।  भिडियोको निर्देशन दीपक खाँडले गरेका हुन् ।

निर्देशक खाँडले खरेललाई गीतको बोल सुनाउने बित्तिकै उनी भिडियोमा अभिनय गर्न तयार भएको निर्देशकले बताएका छन् ।

अन्य व्यवसायिक कलाकारभन्दा रमेश खरेललाई अभिनय गराउँन निकै सजिलो भएको पनि निर्देशक खाँडको भनाई छ ।  चितवन जिल्लामा छायांकन गरीएको उक्त भिडियोमा अनु शाह र गायक भूवन प्यासीको पनि अभिनय छ । गीतमा स्वर पनि भुवनकै रहेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply