Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:23 AM 0

पुरुषले महिलालाई जिस्काउने तथा अन्य विभिन्न खाले यौनजन्य हिंसा गर्ने गरेका उजुरीहरु पुलिस चौकीमा दर्ता हुने गरेको कुरा त हामीले देखेसुनेकै हो । तर के भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता भएको सुन्नुभएको छ ? सायद छैन होला ।

घरपालुवा पशुले पशुलाई तथा पंक्षीले पंक्षीलाई करणी गर्नु, करणीको प्रयास गर्नु वा आफुभन्दा निर्वललाई लखेट्नु जस्ता मामिलालाई पुलिस चौकीमा कसले पो पूराउला भन्ने लाग्छ । तर भारतमा एक दम्पतिले छिमेकीको भाले कुखुरा विरुद्ध पुलिसमा उजुरी दिएका छन् । भारतको उत्तर प्रदेशस्थित लखिपुरका इश्वरदिन र उनकी श्रीमती रामगुनी आफ्नो घरको पोथी कुखुरालाई छिमेकीको भाले कुखुराले जिस्काएको तथा हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्न पुगेपछि प्रहरी चौकीका पुलिसहरु अचम्ममा परे ।

आफुले घरमा झण्डै आधा दर्जन कुखरा पालेको र कुखुरा आफ्नो खोरबाट बाहिर निस्किने बित्तिकै छिमेकीको भाले आएर पोथीहरुलाई जिस्काउने गरेकेा उनको गुनासो थियो । साथै यो विषयमा छिमेकीसँग बारम्बार झगडा पनि हुने गरेको र भालेको मालिकले झण्डै आफुमाथि मारपिट गरेको समेत उनले पुलिसलाई सुनाए ।

गएको बुधबार पनि छिमेकीको भाले आएर आफ्नो पोथीलाई जिस्काउन थालेपछि बल्लतल्ल भालेलाई लखेटेर उनीहरु प्रहरी चौकीमा उजुरी गर्न पुगेका रहेछन् । सुरुमा त कुखुराको पोथी हिंसाको उजुरी दर्ता गर्ने कि नगर्ने भनेर प्रहरी चौकीका प्रमुख दोधारमा परे ।

तर जनताले मर्का परेर आफुकहाँ दिन आएको उजुरी दर्ता नगर्न पनि मिलेन । अनि दर्ता गरे । दर्ता मात्र गरेनन् प्रहरी प्रमुखले आफ्ना एक मातहतका प्रहरी कर्मचारीलाई यो विषयको छानविन गरि सत्यतथ्य पत्ता लगाउन आदेश पनि दिए । अनि पोथी जिस्काउने भालेमाथि कारवाहीको आस्वासन पनि दिएको वनइण्डिया अनलाइनले जनाएकेा छ ।

«
Next
»
Previous

No comments

Leave a Reply