Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:06 PM 0

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा प्राप्त गर्नुभएको थियो । यसपटक उहाँले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा उहाँ हाँसोको पात्र बन्नुभएको छ । भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उहाँकै नाम छापिएको धर्के सुट लगाउनुभएको थियो । उहाँले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिनुभएको देखिएको छ ।

 प्रधानमन्त्री मोदीले उक्त वार्ताका समयमा सोमबार उनको धर्केदार सुट लगाउनुभएको थियो । उक्त सुटमा स्पष्ट देखिने गुलाबी अक्षरका धर्का थिए र ती धर्कामा नरेन्द्र दामोदरदास मोदी भनी अङ्ग्रेजी अक्षर छापिएका थिए । उक्त सुटलाई क्यामराले नजिकबाट देखाउँदा मात्र ती नाम देखिएका हुन् । क्यामराले ठूलो बनाएर देखाइएको उक्त चित्र इन्टरनेटमा व्यापक रुपमा प्रसारण भयो ।

उक्त चित्रको सामाजिक सञ्जालका प्रयोगकर्ताले मोदीसुटको नाममा निकै हाँसो उडाएका छन् । एक टिप्पणीकर्ताले ट्विटमा उक्त सुटलाई मुर्खतापूर्ण सुटको नाम दिएका छन् । उनले प्रधानमन्त्री अरुले आफ्नो लुगा चोरिदिन्छन् भनी डराएको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपतिलाई कुर्तामा स्वागत गर्नुभएको थियो ।

यस सुटले पनि अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको थिएन । राष्ट्रपति ओबामाले साँझको भोजमा मोदीको लुगा लगाउने कुराको प्रशंसा गर्नुभएको थियो । उहाँले आफूले पनि कुर्ता लगाउने विषयमा विचार गरेको बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदी मात्रै आफ्नो नाम भएको लुगा लगाउने पहिला नेता भने होइनन् ।

सन् २०११ मा इजिप्टका पूर्व नेता होसनी मुबारकले पनि यस्तै साना अक्षरले लेखिएको धर्का भएका र उक्त अक्षरबाट आफ्नै नाम लेखिएको सुट लगाएर फोटो खिचाउनुभएको थियो । नयाँ दिल्ली, १२ माघ । भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा प्राप्त गर्नुभएको थियो । यसपटक उहाँले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा उहाँ हाँसोको पात्र बन्नुभएको छ ।

भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उहाँकै नाम छापिएको धर्के सुट लगाउनुभएको थियो । उहाँले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिनुभएको देखिएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply