Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:20 PM 0

प्रिय दिदी ईशा अशिम सम्झना।
जब हजुर का फेसबुक का पानाहरु सार्दै गयँ,
आज म छु,भोलि मेरो याद रहनेछ,
जब म हुँदिन तब मेरो चर्चा हुनेछ।
कुनै दिन पल्टाउनु मेरो फेसबुक को पन्ना,
सायद त्यो दिन त्यो बैगुनी को आँखामा पनि आँसु हुनेछ।

यो पंक्ति ले दिदी को काम र थोरै सामाजिक व्यंग्य संगै बोलेको पायँ।लाग्यो दिदी को मन त परोपकारी मात्र नभई सहित्यिक पनि रहेछ। पानाहरु सर्दै गय,ती दिनहीन,अनाथ, साना अबोध बालबालिका जो अलपत्र छन् , ती वृद्ध कोहि नभएका,भयर पनि आश्रम बस्न बाध्य, अश्वस्थ जो संग उपचार को लागि पैसाको अभाव छ,थोरै पैसाका कारण मृत्यु हुन सक्छ,यिनीहरु र यिनिहरुहरुलाइ उद्धार गर्ने संघसंस्था र तिनिहरुको सहयोग को लागि आफू सात समुन्द्रपारी रहेर पनि तन,मन,वचन र कर्मले लागि परेर जुन अभियान हरु चलायर थुप्रै सहयोग गर्नुभयको रहेछ।अनि लाग्यो मन कि धनी पृय मनकी दिदी इशा गुरुङ बाट धेरै ले प्रेरणा लिनसक्नुपर्दछ।अनि कोरेँ दुई शब्द। लाग्दैछ यो धेरै धेरै को लागि प्रेरणा बन्नेछ।

हुन त तपाईं र तपाईंजस्ता मन,वचन र कर्म का खानिहरुको सम्मान शब्दमा अटाउन सक्दैन त्यसैले लेख्न अनि भन्न मन लाग्यो९परदेश्मा भयर पनि आफ्नो माटो को माया गर्ने,समाजका हरेक समस्यालाई आफ्नै समस्या ठानेर समाधान को निम्ति आफुलाइ समर्पित गर्ने,हजुर र हजुर जस्तालाइ समाज ले चिन्नु पर्छ भनेर।
परदेश बाटै तेति धेरै आभियान चलायर शिव रेग्मी देखि शान्ता चौधरी सम्म र मानव सेवा आश्रम देखि पबित्र समाज सेवा अनि हेल्प नेपाल नेट्वोर्क सम्म गरि झन्डै यक दर्जन संघसस्था लाई कुनै लाई हजार त कुनैलाई लाख सम्म सस्थागत तथा दर्जनौं ब्यक्तिगत सहयोग गर्ने मैले देखेको नारी पात्र हजुर नै हो पहिलो।जस्को मन फराकिलो समुन्द्र संग पनि तुलना गर्न मिल्दैन जस्तो लाग्छ बस यति नै भन्छु र भन्दै यति हर्शबिभोर भयको छु कि जस्लाइ ब्यक्त गर्ने शब्दै भेटिन म अन्जान ले।

सन्सारमा मातापिता भन्दा ठुलो कुनै भगवान छैनन्।माता सबैभन्दा ठूलो सत्य र पिता सबैभन्दा ठुलो बिश्वास हो।माताको भुमिका सन्तान जन्माउने देखि हुर्काउने सम्म हुन्छ र हरेक दुख संग माता साक्षत्कार गर्छिन भने पिता सन्तानको हरेक कुरालाई कर्तब्य ठान्छन् र सन्तानको निम्ति बाँचुन्जेल आफुलाइ समर्पित गर्छन।माता को भुमिका संग पिता लाई तुलना गर्न नसकेपनी मातापछिको दोश्रो भुमिका सन्तानको लागि पिता को नै हुन्छ।यी दुई भुमिकामा हरबखत ती दीनहीन दुखी को साहारा बनेर हरेक पिडासंग जुध्ने हरुले गर्नुभाको छ भने, पिता को भुमिका परदेश मा बसेर दिदी इशा गुरुङ ले।

दिदी इशा,यति सबै कुरा नियल्दा भगवान ले सबैलाई यक यक चिज दिन्छन भन्ने सुनेको थे तर हजुरलाइ तन,मन, वचन, कर्म, धर्म, मर्म सबै कुरा दियको महसुस भयो,वाँच्न जाने यहि सन्सार स्वर्ग हुन्छ भन्छन, तेस्तै भान भयो मलाई तपाईं र तपाईंका काम देखेर।

अझसम्म चालियका सबै अभियान हरु सहजै सप्पन्न भयको मा तपाईं र तपाईं लाई सहयोग गर्ने सम्पुर्ण लाई बधाई साथै आगामी अभियान हरु पनि सफल रहुन मेरो स्शुभकामाना

अन्तमास्यति भन्छु इशा र इशा जस्तै दिदी हरुको बर्णन गर्न मैले जानेका शब्दहरु अपुर्ण छन्।दिदी हरुको सफलता को कामना गर्दै,मेरा सम्पुर्ण साथिहरुलाइ पनि दिदी हरुका अभियान मा साथ् र सहयोग गर्नुहुन,चीन्न अनि चिनाउन आग्रह गर्दै,प्रतिनिधि दिदी इशाको नाम लिइयपनी निस्वार्थ भाबले समाज सेवा गर्नुहुहुने दिदी हरुलाइ मनदेखी नमनस् गर्दै पत्र बाट बिदा हुन्छु। - परदेशी भाइ कल्याण रेग्मी दक्षिण कोरिया

«
Next
»
Previous

No comments

Leave a Reply