Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:19 AM 0

कसैको पनि जीवनमा सबैभन्दा बढी महत्त्व सफलताको हुन्छ । कमजोर स्मरणशक्ति भएका व्यक्तिले सफलता प्राप्त गर्न सक्दैनन् । स्मरणशक्ति कसैको जन्मजात राम्रो हुन्छ भने कसैले आफ्नै प्रयासले बढाउँदै लानुपर्ने हुन्छ । अनुसन्धाताहरूले केही त्यस्ता उपाय बताएका छन्, जसलाई अवलम्बन गरे स्मृतिमा केही सुधार अवश्य गर्न सकिन्छ ।

किशोर अवस्थामा अर्को भाषाको अभ्यास दस वर्षको उमेरपछि अर्को भाषा पढ्ने गर्दा मस्तिष्कको क्षमता विकास हुँदै जान्छ । यो अध्ययन युनिभर्सिटी अफ केन्टको स्कुल अफ साइकोलोजीका अनुसन्धानकर्ताहरूले गरेका हुन् । यसका लागि उनीहरूले विगत १३ वर्षदेखि बेलायतमा पढ्दै गरेका २० युवाको मस्तिष्क स्क्यान गरेर त्यसको विश्लेषण गरे । ती सहभागीहरू सबै ३० वर्षका थिए । उनीहरूले १० वर्षको उमेरमा दोस्रो भाषाका रूपमा अंग्रेजी पढ्न सुरु गरेका थिए ।

उनीहरूको स्मरण शक्तिको तुलना त्यस्ता २५ युवासँग तुलना गरियो, जो अंग्रेजी मात्र बोल्ने गर्थे । अनुसन्धाताहरूले त्यसको कारण पत्ता लगाए- १० वर्षको उमेरमा दोस्रो भाषा (अंग्रेजी) सिक्न थालेकाहरूको मस्तिष्कमा सेतो पदार्थ अंग्रेजी मात्र बोल्नेहरूको भन्दा बढेको थियो । मस्तिष्कमा हुने यो सेतो पदार्थ भाषा सिकाइका जिम्मेवार हुन्छ । त्यो सेता पदार्थ बढ्दा स्मरणशक्ति पनि बढ्दै गइरहेको हुन्छ । अध्ययन अनुसार, व्यक्ति विशेषले एकभन्दा बढी भाषाको प्रयोग गर्दा उसको मस्तिष्कको क्षमतामा विकास हुने गर्छ । अनेक भाषा सिक्दै गरे बढ्दो उमेरमा स्मरणशक्तिको सम्भावित नोक्सानीलाई समेत टार्न सकिन्छ ।

कुनै कुरा सम्झनुपरे आँखा बन्द
अर्को एउटा अध्ययनले के दाबी गरेको छ भने, तपाईंले कुनै कुरा सम्झनुपरेको छ भने, आँखा खोलेरभन्दा पनि चिम्लेर गरेर त्यता ध्यान लगाउँदा त्यसलाई सम्झने सम्भावना बढी हुने गर्छ । यो निष्कर्ष दिनुअघि बेलायतको युनिभर्सिटी अफ सुरेका अनुसन्धानकर्ताहरूले १ सय ७८ जना व्यक्तिमा अध्ययन गरेका थिए । ती सहभागीहरूलाई कुनै चोरीको घटनामा आधारित फिल्म देखाएका थिए । अनि उनीहरूलाई उक्त फिल्मसँग सम्बन्धित तीनवटा प्रश्न गरिएको थियो । आँखा खुलै राखेर सम्झे जस्तो गर्दै जवाफ दिएकाहरूले उत्तर मिलाउन सकेनन् । आँखा चिम्लेर सोचेपछि उत्तर दिनेहरू भने गलत भएनन् ।

पढाइसँगै सोसल नेटवर्किङ
यो जमाना सोसल साइटहरूको पनि हो । नयाँ पुस्ता इन्टरनेटमा बढी अभ्यस्त हुँदै र व्यस्त हुँदै गइरहेको छ । तर, यो अभ्यास व्यक्तित्व विकासमा भने अपेक्षित रूपमा सहायक हुन सकेको छैन । पछिल्लो अनुसन्धानले एउटा उपाय सुझाएको छ । युवा पुस्तामा लोकपि्रय बनेको फेसबुकलाई अध्ययनका लागि प्रयोग गर्न सकिन्छ । ‘अप्लाइड डेभलपमेन्टल साइकोलोजी’ मा यस्तै दाबी गरिएको छ ।

यो अनुसन्धान अमेरिकाको लोभा स्टेट युनिभर्सिटीका १ हजार ६ सय विद्यार्थीमा गरिएको थियो । फेसबुकमा विद्यार्थीहरू बढीजसो च्याटमा अलमलिने गर्छन् । त्यसलाई आफ्नो अध्ययन सम्बन्धी ग्रुप डिस्कसनका लागि उपयोग गर्दा लाभदायी हुने त्यो अनुसन्धानमा देखिएको थियो । सोसल साइटका माध्यमले गरिने विषयगत छलफलले राम्रो परिणाम देखाएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

«
Next
»
Previous

No comments

Leave a Reply