Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:59 AM 1

काठमाडौ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेलाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । एक महिनाअघि नामिबियामा सम्पन्न आईसीसी डिभिजन २ क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शनको मूल्याङ्कन गर्दै सरकारले प्रशिक्षक पुवुदुलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यसैगरी नेपाली क्रिकेट टिमका सहायक प्रशिक्षक जगत टमाटालाई पनि सरकारले एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नामिबियामा सम्पन्न डिभिजन २ क्रिकेट प्रतियोगिताबाट डिभिजन १ मा उक्लन नसकेपनि आइसीसीले नेपाली क्रिकेट टिमलाई विश्व क्रिकेट लिग च्याम्पियन्सिप खेल्न दिने निर्णय गरेको थियो ।

सरकारले नेपाली नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई पनि जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसैगरी श्रीलंकामा भएको महिला फुटबल प्रतियोगितामा सहभागी नेपाली महिला फुटबल खेलाडीलाई पनि जनही २५ हजार रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

थाईल्यान्डको फुकेटमा भएको बिच भलिवल प्रतियोगितामा सहभागी नेपाली भलिबल खेलाडी भगवती थामीलाई पनि एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

«
Next
»
Previous

1 comments नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक पुवुदुलार्इ एक लाख दिने सरकारको निर्णय

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete