Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:12 AM 0

रवि रोषी, दोहा । बुढेसकालमा श्रीमति नमर्नु र नाबालकका आमा नमर्नु भनेपनि आखिर कालले त्यो अनुनय किन सुन्दो रहेछ र ? बाबु विहिन ति दुइ नाबालक कतारमा मृत्युवरण गर्न पुगेकी आफ्नी आमाको यो दुखद खबरले कति मर्माहत भएका होलान् । बाबुको मृत्युपछि सहाराको रुपमा रहेकी आफ्नी आमाको त्यो दुर्दान्त अवस्था र भोलिका अनिश्चित भविष्यले उनीहरुको जीवनले कस्तो मोड लिने हो भन्ने बारेमा अर्को चिन्ताको बिषय बनेको छ । चितवन बिरेन्द्रनगर गाविस वडा नं. ६ कि सविना तामाङ आफ्नो नाबालक २ छोरा छोडेर आफ्नो आर्थिक विपन्नताको लाईफ स्टाइलमा सुधार गर्ने सपना बोकेर कतारको लाईफ स्टाईल क्लिनिंग एण्ड मेन्टेनेन्स नामक कम्पनीमा काम गर्न आएको करिब ३ बर्ष जति भएको थियो ।

कतार छिरेको करिब एक बर्षमै नेपालमा रहेका उनका श्रीमान् पनि पायल्स र टि.बि. रोगले ग्रस्त भई मृत्युवरण गर्न पुगेका थिए । त्यसताका सविनाका २ छोराहरको उमेर ९ बर्ष र ७ बर्षका मात्र थिए । हुन त सविनाले विवाहपछिको दाम्पत्य जीवनमा सुख, शान्ति चैन के हो कहिलै भोग्न नपाएको कतारमा रहेका उनका छिमेकीले बताए । दिनहुँ रक्सीको दुव्र्यसनमा फसेका उनका श्रीमान्ले आफ्नो पारिवारिक आर्थिक जीवनतिर फिटिक्क वास्ता नगरेका कारण सविना कतार आउन बाध्य भएको उनी बताउँछन् । सन्तान र श्रीमती प्रति निभाउनु पर्ने दायित्वबाट सधैं बेखबर रही मादक पदार्थको लतमा फसेका उनका श्रीमान् बाट दिक्दार भई केहि बर्ष देखि माइतीले दिएको थोरै जग्गामा सानो कटेरो बनाएर आफ्ना दुई छोरासंग माइतीको आश्रयमा बस्दै आएकी सविनाले तिनै दुई छोराको शैक्षिक भविष्य निर्माण गर्ने सपना बोकेर कतारी आएकी थिइन् । माइती

का हजुरआमाको स्याहार सम्भारमा बस्दै आएका ति दुई सन्तानलाई सविनाले कतारको क्लिनिंग कम्पनीमा काम गरेर कमाएको पैसाले शिक्षा र लालनपालनमा टेवा दिँदै आएकी थिइन् । करिब ३ बर्षको कतार बसाई पछि आज फेब्रुअरी १ तारिखको दिन नेपाल जाने जहाजको टिकट लिन कम्पनीको डिउटी सकेर हिजो साँझ करिब ७ बजे उनी अफिस जाने क्रममा सडक पार गर्दागर्दै गाडीले ठक्कर दिएर उनको प्राणपखेरु दुर्घटनास्थलमा नै उड्न पुग्यो । ३ बर्षको लामो कतार बसाई पछि आफ्ना लालाबालालाई कहिले भेटुँ र अंगालोमा भरेर आफ्नो मातृ ममत्व ति दुई सन्तान माथि खन्याउँ भनेर आतुरिएकी सविनाले न त त्यो इच्छा नै पुरा गर्न पाईन्, न त झण्डै झण्डै आफ्नै आमाको अनुहार विर्सिन लागिसकेका सविनाका बाबु विहिन छोराहरुले आफ्नी आमाले आँगन टेकेको हेरेर रमाउँदै मख्खिने त्यो दिन अब न त भोग्न नै पाउने भए । माइतीको आश्रयमा बाँच्दै आएकी सविनाकी आमाले पनि आफ्नी छोरी आगमनको प्रतिक्षामा मनभरि कति खुशी संगालेर बसेकी थिइन् होली । सुटकेश गुडाउँदै आँगन प्रवेश गर्दै गर्दाको दृश्ययुक्त सपनाहरु कैयौं पटक हरेक राति सविनाको आमाको आँखामा दोहोरिदै आएका थिए होलान् ।

बुढयौलीवयले चाउरिएर चिम्सिएका ति बुढी आमाका आँखाबाट आँगनमा सुटकेश बोकेर आउँदै गरेकी छोरीको हँसिलो अनुहार हेरेर खुशीको आँसु खसाल्ने समयमा आँगनमा लमतन्न पारेर सुताएको छोरीको मृत देह हेरेर पुत्रीवियोगको आँसु झार्नुपर्दाको त्यो अवस्थाले कस्तो विह्लता सिर्जना हुँदो हो, त्यो कल्पना गरि नसक्नुको छ । जनवरी ३० तारिखका साँझ ७ बजे डिउटी बाट आएकी सविना तामाङ र उनका साथीहरु मिलेर आफु काम गर्ने कम्पनीमा गएर टिकट र आफुले पाउनुपर्ने रयलपयल १९ सय कतारी रियाल लिएर फर्किने क्रममा छोराहरुलाई कपडा, चकलेट र सुटकेश बाँध्ने डोरी किनेर आउछु भन्दै साथीहरुलाई बाटो बाट नै कोठामा जान आग्रह गरी पठाएकी रहिछन् । दोहाको टेलिभिजन राउण्ड अबाउट पार गर्ने क्रममा उनलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई कतार स्थित हमाद मेडिकल कर्पोरेशनको आकस्मिक कक्षमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको हो ।

नेपाली महिला समाजकी अध्यक्ष श्रीमति रेखा राई तथा नेपाली समाजका अगुवा सागर नेपालले अस्पतालमा गई डाक्टरसंग परामर्श लिंदा उनको पोष्टमार्टम भएपछि मात्र बाँकी प्रकृया अघि बढाउने जानकारी दिएका छन् । हाल सविना तामाङको मृत शरिरलाई अस्पतालको शवगृहमा राखिएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply