Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 5:11 AM 0

एजेन्सी । फेशन आइकन सोनम कपुरपछि बलिउडमा अर्की एक फैशनिस्टको आगमन भएको छ । उनी हुन् चलचित्र ‘बदमाशियां’ बाट बलिउड प्रवेश गरेकी सुजाना मुखर्जी । उनी जुन स्टाइलका साथ बलिउड प्रवेश गरेकी छन्, त्यसले उनी सोनम कपुरपथमा अघि बढिरहेको देखाउँछ ।

कुरा यति मात्र होइन, उनका वरपर मात्र नभएर उनकै को–स्टार गुंजन मल्होत्रा पनि सुजानाको स्टाइल प्रविधि देखेर मुख्ख छन् । गुंजन भन्छन्–जबदेखि मैले सुजानालाई भेटेँ, उनको जबरजस्त स्टाइलिङ सेन्स र फैशनप्रतिको मोह देखेर दंग छु । सुजानालाई देखेर मलाई सोनम कपुरको आद आउँछ ।

कयौ पटक स्वयम म आफ्नो स्टाइलिङका लागि सुजानासँग टिप्स लिइसकेकी छु। यो कुरा अझ रोचक छ कि आफ्नी को–स्टार गुजनको कुरा सुजाना पनि अस्वीकार गर्दै आफ्नो तुलना अरु कसैसँग गर्न चाहँदिनन् । सुजानाले भनिन्–मेरो आफ्नो फेसन सेन्स छ । सोनम कपुरसँग मेरो तुलना कतै हुन सक्दैन ।

किनभने फैसनको मामिलामा उनी मभन्दा धेरै अगाडि छिन् । उनी भन्छिन्–बलिउडमा सोनमले लामो समय बिताएकी छन् । त्यसैले म चाहन्न कि अहिलेदेखि नै मलाई फैशनिस्टाको उपाधि दिइयोस । एउटा कुरा सत्य हो कि मेरो फैशन सेन्स निकै राम्रो छ। तर, सोनम कपुरको भन्दा राम्रो होइन ।

सोनम कपुरलेजस्तै सुजानाले पनि फैशन सेन्स भने आफ्नी आमाबाटै आएको हो । जो पञ्चावको चण्डीगढमा बुटिक चलाउँछिन् ।

आफ्नी आमाको सन्दर्भमा सुजाना भन्छिन्–मेरी आमा एउटी उत्कृष्ट डिजाइनर हुन् । उनको स्टाइलिङ सेन्स र रंग बुझ्ने क्षमताको म प्रशंसा गर्छु ।

«
Next
»
Previous

No comments

Leave a Reply