Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 4:49 AM 0

सुर्खेत । तीव्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसकेपछि सुर्खेतको घुमखहरेस्थित सडकबाट करिब ५० मिटर तल भेरीमा खसेको प्रहरीले जनाएको छ। भे १ ख १५१६ नम्बरको यात्रु बस मंगलबार दिउँसो सडकबाट भेरीमा खसेको सुर्खेतका प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले जानकारी दिए।

उनका अनुसार बस भेरी नदीको किनारमा खसेको र घाइते सबैको उद्धार गरिएको छ। घाइते १० जना मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।दुर्घटना लगतै प्रहरी चौकी मेहेलकुनाबाट गएको प्रहरीको टोली र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका बर्दिया माँझकाँडाका देवकुमार थापा र बाराको हरैयाका बैकुण्ठ शर्माको अवस्था गम्भिर रहेको छ । उनीहरु सहित अन्य ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। यस्तै बसका चालक दैलेखका भुपेन्द्र कुँवरसहित अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बसमा १० जना मात्र यात्रु सवार थिए ।

चालकले तिव्र गतिमा हाँकेका कारण बस अनियन्त्रित भई नदीको किनारमा खसेको डीएसपी बस्नेतले जानकारी दिए । उनले भने, ‘बस भेरीमा खसेको भएपनि पानीको सतहभन्दा बाहिर खसेकाले कसैको मृत्यु हुन पाएन, यसलाई त भाग्य नै मान्नु पर्छ ।’

 पछिल्लो समय तिव्र गतिका कारण चालकले बस नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने क्रम बढ्दै गएको छ । यसअघि पनि जिल्लामा दुई वटा ठूला बस दुर्घटना भइसकेका छन्। गएको मंसिर २१ गते पोखरीकाँडामा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए ।

«
Next
»
Previous

No comments

Leave a Reply