सयौं महिलाको यौन शोषण गर्ने नक्कली जापानी डाक्टर पक्राउ
ABC Khabar Sansar
5:17 AM
0


हिदेयुकी नोगुची नाम गरेका ५४ वर्षीय एक पुरुषले यी महिलालाई पीडाकम गर्ने औषधि दिने गरेको र उनीहरुलाई होटेल तथा पर्यटकीय क्षेत्रमा लगेर यौन शोषण गर्ने गरेको प्रहरीको दावी छ । यी महिला बेहोस भएपछि नोगुचीले उनीहरुलाई बलात्कार गर्ने गरेको र त्यसको चलचित्र बनाउने गरेको प्रहरीले जानकारी दिएको छ ।
यसपछि यस्तो भिडियो चित्र इन्टरनेटमा राख्ने वा अश्लील चलचित्र बनाउनेहरुलाई बिक्री गर्ने गरेको आरोप नोगुचीमाथि लगाइएको छ । यसरी नोगुचीले ८५ हजार अमेरिकी डलर कमाएको टीबीएस तथा अन्य प्रसारण संस्थाले उल्लेख गरेका छन् । वास्तवमा नोगुचीले चिकित्सासम्बन्धी कुनै तालिम नलिएको र उसलाई यस विषयमा केही पनि थाहा नभएको बताइएको छ ।
टोकियोको पूर्वी भागमा पार्ने चिबाका प्रहरी प्रवक्ताले टोकियो, चिबा, ओसाका, तोचिगी तथा सिजुओकाका बीस वर्षभन्दा कम तथा ४० वर्षसम्मका कम्तीमा ३९ महिला यसरी पीडित भएको पुष्टि भएको बताए । नोगुचीले १०० भन्दा बढी महिलामाथि यस प्रकारको अपराध गरेको हुनसक्ने संचार माध्यमहरुले जनाएका छन् ।

No comments