Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 8:16 AM 0

काठमाडौं । बलिउड र हलिउड फिल्मी क्षेत्रको दाँजोमा कलिउड फिल्मी क्षेत्रको दायरा निकै साँघुरो देखिन्छ । साँगूरो घेरासँगै नयाँ कलाकारहरुलाई समेत स्थापित हुन निकै मिहेनत गर्नुपर्छ ।

त्यस्तै स्थिति भोग्नुपरेको छ, नव नायिका अनिता आचार्यलाई पनि । अभिनेत्री आचार्य भर्खरै नेपाली फिल्मको क्षेत्रमा प्रवेश गरेकी हुन् । केही वर्षअघि देखि यो क्षेत्रमा लागेकी उनलाई आफुले निर्माण गरेको ‘अलविदा’ र ‘सरी ल’ सिनेमाले साथ दिएनन् । उनले पूर्ण रुपमा घाटा बेहोर्नुप¥यो ।

उसै त नयाँ कलाकार, त्यो पनि आफुले निर्माण गरेको फिल्म नै असफल भएपछि अहिले आचार्यको करिअर नै धारापमा परेको जनाइएको छ । त्यस्तै नेपाली फिल्मको क्षेत्रमा प्रवेश गरेकी अर्की नयाँ अभिनेत्री हुन्, सुरविना कार्की ।

कार्की पनि आफ्नो करिअर स्थापित गर्ने धुनमा मिहेनत गरिरहेकी छन्, तर उनले पनि पछिल्लो समयमा असफलताको झड्का खानुपरेको भनाई नेपाली सिने क्षेत्रमा सुन्न सकिन्छ । झेली र नाइके फिल्ममा अभिनय गरेकी उनलाई ती फिल्म असफल भएपछि करिअर नै बचाउन धौ–धौ परिरहेको जनाइएको छ ।

फिल्मी अभिनयको चर्चा भन्दा सेक्सी तस्वीर बाहिर ल्याउने होडका कारण चर्चित बनेकी उनलाई पनि यो क्षेत्र नफापेको सो क्षेत्रमा चर्चा हुने गरेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply