Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:00 PM 0

CAROLINA
एजेन्सी । ब्राजिलमा भएको एउटा सुन्दरी प्रतियोगितामा त्यतिबेला आतंक मच्चियो जब रनरअप प्रतियोगीले विजेता प्रतियोगीको शिरबाट क्राउन मात्र खोसेर फ्याँकिनन्, जगल्टासमेत भुत्ल्याइन् । यो घटना त्यतिबेला भयो जतिबेला प्रतियोगिताको परिणाम घोषणा भइसकेको थियो र विजेतालाई क्राउन पहिराउने क्रम चलिरहेको थियो । ब्राजिलमा भएको ‘मिस अमेजन प्रतियोगिता’ मा २० वर्षीया कैरोलिना टोलेडो विजेता घोषित भएकी थिइन् । विजेता घोषणा गरिएपछि उनलाई ताज पहिराउने कार्यक्रम चलिरहेको थियो । त्यही बेला २३ वर्षीया शीसलाने ह्याल्ले जो प्रतियोगिताको रनरअप थिइन्, उनले कैरोलिनाको शिरबाट ताज खोसेर भुँइमा पछारिन् ।
यो प्रतियोगिता ब्राजिलको उत्तरी क्षेत्रमा चलिरहेको थियो । शीसलानेको यो हर्कतबाट सहभागीहरु सबै आतंकित भए । कतिपय यस्ता सहभागी पनि थिए जो यो घटनाप्रति ताली बजाइरहेका थिए ।

कार्यक्रममा शीसलानेले कैरोलिनाको शिरबाट ताज खोसेर भुँईमा मात्र पछारिनन् । उनीतर्फ औला ठ्डयाउँदै बेइज्जत गर्ने कोशिस पनि गरिन् । उनले अनेकन गालीको वर्षा गरिन् । कार्यक्रम हलबाट बाहिर निस्किइन् ।
यो घटनापछि शीसलाने ह्याल्लेले कैरोलिनाले गलत तरिकाबाट प्रतियोगिता जितेको बताइन् । उनले उनी यो टाइटल जित्न लायक नभएको बताइन् । घटनापछि विजेता कैरोलिनाले यति मात्र भनिन्, यो पुरै घटना विश्वास गर्न लायक छैन । उनले भनिन्–म यो सम्पूर्ण घटना शब्दमा बयान गर्न सक्दिनँ ।
brazilSHEISLANE

«
Next
»
Previous

No comments

Leave a Reply