Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:44 AM 0

काठमाडौँ । अपहरणपश्चात् सकुशल मुक्त भएका तीन नेपाली विद्यार्थीका परिवारले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी र थाई प्रहरीलाई सम्मान गरेका छन् ।

पीडित विद्यार्थी तथा उनीहरुका अभिभावक सिआइबीको कार्यालयमा गई घटनाको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउनुका साथै अपहृत सकुशल अपहरण मुक्त गराएको भन्दै सम्मान गरेका हुन् ।

सम्मानपछि सिआइबीले पीडित परिवारले देखाएको सकारात्मक कदमप्रति कृतज्ञता व्यक्त गर्दै थाई प्रहरी र नेपाल प्रहरीबीचको सुमधुर सम्बन्धका कारण उक्त कार्यमा सफलता प्राप्त गरेको बताएको छ ।

थाइल्यान्डको बैंककस्थित एजम्सन युनिभर्सिटी अफ थाइल्यान्डमा अध्ययनरत तीनजना विद्यार्थी रोनेश श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाल अपहरणमा परेका थिए भने उनीहरुको सकुशल रिहाइका लागि निजका परिवारबाट जनही रु एक÷एक करोड फिरौती माग गरिएको थियो ।

सिआइबीले थाई प्रहरीको सहयोगमा गत पुस ४ गते अपरहरणमा परेका ती विद्यार्थीलाई त्यहाँ पुगेर सकुशल अपहरण मुक्त गरी संलग्नलाई अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply