Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:36 AM 0

बुटवल । एमाओवादी नेता डा.बाबुराम भट्टराईले दोस्रो संविधानसभा पनि विघटनको गम्भीर खतरामा रहेको बताएका छन् । कांगे्रस र एमाले संविधानसभाविरोधी भएको आरोप लगाउँदै उनले यी दुई दलले संविधानसभा अपहरण गरेको बताए ।

भट्टराई प्रधानमन्त्री भएको बेला पहिलो संविधानसभा नयाँ संविधान नबनाई विघटन भएको थियो । बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले संघीयताको आकार र ढाँचामा कुरो नमिल्दा नयाँ संविधान बन्न नसकेको बताए । ‘संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता एमाओवादीको एजेन्डा हो,’ उनले भने, ‘जसका कारण संविधानसभा बन्यो त्यही शक्तिलाई पाखा लगाएर कुनै पनि हालतमा संविधान बन्दैन ।

उनले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रहरी–प्रशासन प्रयोग गरेर एमाओवादीसहितको परिवर्तनकारी शक्तिलाई संविधानसभाबाट पाखा लगाएको उल्लेख गरे ।

‘अग्रगामी संविधान निर्माणको पक्षमा रहेको एमाओवादीलाई’ कांगे्रस, एमालेले प्रहरी प्रशासनको बलमा पाखा लगाएर संविधानसभा खोसेको उल्लेख गर्दै उनले एमाओवादीसहितको ३० दलीय मोर्चा त्यसविरुद्ध सडकमा उत्रेको बताए ।

कांगे्रस र एमालेले प्रश्नावली निर्माण समिति बनाएर संविधान निर्माणलाई मतदान प्रक्रियामा लगेर गम्भीर गल्ती गरेको उनको भनाइ थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply