Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:46 AM 0

मुम्बई, एजेन्सी । विश्वकप क्रिकेट शुरु हुन केही हप्तामात्र बाँकी रहँदा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी छोरीका पिता बनेका छन् ।

उनका पत्नी साक्षीले शुक्रबार ४ बजेतिर गुरगाउको निजी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । डाक्टरहरुले छोरी मार्च महिनामा जन्मने भने पनि एक महिनाअघि नै जन्मेको छ ।

धोनीको परिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले छोरीको स्वस्थ रहेको र जन्मदा उनको तौल २.५ केजीको रहेको बताएको छ । छोरी जन्मदा धोनी साथमा नभए पनि उनका आमाबुवा भने सँगै थिए ।

उनीहरु शुक्रबार बिहानदेखि नै अस्पतालमा रहेका थिए । फेब्रुअरी १४ देखि शुरु हुने विश्वकप क्रिकेटको तयारीका लागि अस्ट्रेलियामा रहेका धोनीलाई फोनबाट खुसीको खबर सुनाइएको थियो ।

धोनीका पहिलो प्रशिक्षक केआर बेनर्जीले छोरी जन्मनु लक्षणको कुरा बताउँदै यसले विश्वकपमा उनका लागि भाग्य साथमा लिएर आएको प्रतिक्रिया दिएका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply