Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 10:04 AM 0

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई बचाउन सबैले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक भएको बताउनु भएको छ । राष्ट्रिय योजना आयोगद्वारा बुधबार आयोगको डा.हर्क गुरुङ्ग सभाकक्षमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ३४ औं बैठकलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । बैठकमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ नेपालको लागि यो अन्तिम अवसर हो । यहाँ अब द्वन्द्व भए यो अन्तराष्ट्रिय अखडा हुन्छ । म हात जोडेर भन्छु, नेपाल बचाऔ।” “यही मुलुकको निम्ति ६० बर्षदेखि लागेको छु,” अत्यन्त भावुक हुँदै उहाँले भन्नुभयो ,“यस्तो अवस्था देख्दा दुःख लाग्छ ।” 

उहाँले मुलुक बचाउन सकिने अवस्थामा रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा यस बर्षको विकासको लागि छुट्टयाएको ९१ अर्ब रुपैया खर्च हुन नसकेकोतिर संकेत गर्दै प्रधानमन्त्रीले भन्नुभयो ,“ पैसा छ ।खर्च गर्ने क्षमता छैन । यता उता गर्दागर्दै समय बित्छ । विदेशीहरुको विश्वास बढेको छ ।सहयोग बढेको छ ।हामीभन्दा खत्तम हालतमा रहेको बंगलादेशले प्रगति गरिसक्यो । हामी सबै मिलेर सकारात्मक ढंगले काम गर्न आवश्यक छ ।सबैले मुलुक बनाउन लागेमा नबन्ने कुरै छैन ।” 

प्रधानमन्त्री कोइरालाले विकास खर्च हुन नसक्नुलाई गम्भीर समस्याको रुपमा लिदै सबैले हातखुट्टा छोड्ने स्थिति किन आयो भनी प्रश्न गर्नुभयो । उहाँले मुुलुकले शान्ति ,स्थायित्व,लोकतन्त्र र विकास खोजेको उल्लेख गर्दै विकासका निम्ति प्राकृतिक स्रोतहरुको उपयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले सबै पार्टीलाई मुलुकको उन्नतिमा लाग्न आग्रह गर्दै मुलुकबाट गरिबी हटाउन र विदेशमा गएका ३५ लाख युवाहरुलाई देशमा ल्याएर विकासमा लगाउन आफ्ना स्रोतहरुको उपयोग गर्न आवश्यक भएको पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले निराश भएर हातखुट्टा छोड्ने अवस्था नरहेको उल्लेख गर्दै भन्नुभयो “ अब परिवर्तन हुन्छ,हुन्छ।यसलाई कसैले रोक्न सक्दैन । म अत्यन्त आशावादी छु ।” 

उहाले नकारात्मक सोंचबाट मुक्ति लिन पनि आग्रह गर्नुभयो । उहाँले नेपाल विदेशी लगानीकर्ताको लागि भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि मानिसहरु लाम लागेको बताउनु भयो । उहाँले जलस्रोत, सडक,पर्यटन,रोपवे,कृषि र उद्योगमा पनि लगानीकर्ता आउन तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“यस्तो अवसर छ ,यसलाई गुमाऔ भने नेपाल कहिल्यै उठ्न सकदैन। सबैले आ–आफ्नो ठाँउबाट जाग्नु प¥यो ।” उहाँले सबैले आ–आफ्नो सन्तान दरसन्तानले दुःख नपाउन भनेर सोच्नेह ो भने नेपालले छिटै विकासमा फड्को हान्ने बताउनु भयो । 

उहाँले सार्क शिखर सम्मेलनका अवसरमा निर्माण भएका सडकहरु पुन खनिन थालेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो,“ कस्तो दुर्भाग्य नेपालको ? बर्षको अन्त्यमा असारमा बजेट निकासा गरिन्छ । इञ्जिनियर,ठेकेदार सबैलाई सडक बनेको थियो पानीले बगायो भन्न सजिलो हुन्छ ।कतिसम्म गैर जिम्मेवारी छ, पक्कि पुल बनेको थियो हावाले उडायो भनिन्छ । असारमा बजेट निकासा गर्ने परम्परा नै रोक्नुस ।” प्रधानमन्त्री कोइरालाले राणा शासन गएको ६ दशक भन्दा बढी समय वित्दा पनि शासकीय पद्धतिको अभावले विकास हुन नसकेको बताउनु भयो । उहाँले मुलुकलाई जहिले पनि संक्रमणकालमा लगेर विकासलाई अबरुद्ध पारिएको बताउदै भन्नुभयो,“ विकासको लागि पनि प्रजातान्त्रिक शासन पद्धति अपरिहार्य छ ।” 

बैठकमा उपप्रधानमन्त्री बामदेव गौतमले द्रुत विकासका लागि नयाँ मोडल थाल्नु पर्र्ने बताउनु भएके थियो । उहाँले मुुलुकको आन्तरिक उत्पादन र निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने विचार राख्नु भएके थियो । योजना आयोगका सदस्यहरु, मन्त्रीहरु र सचिवहरु सहित योजनाको तर्जुमा र मूल्याङ्कनसंग सम्बन्धित विज्ञहरुको सहभागिता रहेको सो कार्यक्रममा आयोजनाहरुको अवस्था र मन्त्रालयगत विकास खर्चको अवस्थाका बारेमा योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलले विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply