Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 2:07 AM 0

एजेन्सी । मंगोलियाको सोंगिनो खैरखान प्रान्तमा करिब दुई सय वर्ष पूरानो एक ममीफाइड बौद्ध भिक्षु फेला परेका छन् । गत महिना २७ जनवरीका भेटिएको भिक्षुको मृत्यु अझै नभएको दावी गरिएको छ। उनी गहिरो चिन्तन (डीप मेडिटेशन)मा रहेको दावी गरिएको हो । साइबेरियन टाइम्सका अनुसार भिक्षुले जनावरको छाला ओढेका थिए । उनी पद्यासन अर्थात पोजमा बसेको अवस्थामा भेटिएका थिए ।

यी भिक्षु २ सय वर्ष बितिसक्दा पनि बसेको मुद्रामै छन् । एउटा खुट्टा माथि उनको एउटा हात देखिएको छ । उनी ध्यान मुद्रामा छन् । चर्चित तिब्बती धर्मगुरु दलाई लामाका चिकित्सक बैरी केरजितका अनुसार भिक्षु ‘तुकडम’ अवस्थामा छन् । तुकडमलाई मेडिटेशनमा सबैभन्दा गहिरो मुद्रा मानिन्छ । उनले भने–तुकडम अवस्थामा रहेका कयौ भिक्षुको रेखदेख गर्ने अवसर मैले पाएको छु । केरजिनका अनुसार यदि कुनै व्यक्ति यो अवस्थामा तीन हप्ताभन्दा बढी रह्यो भने उसको शरीर खुम्चन थाल्छ । त्यसो त यो अवस्थासम्म निकै कमै भिक्षु पुग्ने गर्दछन् । उनले भने–यो अवस्थामा भिक्षुको कपाल, छाला र नङमा कुनै हानी पुग्दैन ।

त्यो सधैं कायम रहन्छ । यस्तो अवस्थामा जो उक्त भिक्षुको निकटका व्यक्ति हुन्छ उसले आकाशमा कयौ दिनसम्म चम्कदै गरेको इन्द्रधनुष देख्ने गर्दछ । इन्द्रधनुष देखिनुको अर्थ उक्त व्यक्तिले रेन्बो बडी प्राप्त गर्नु हो । यो उच्चतम स्तर हो, यसप्रकारका व्यक्ति भगवान बुद्ध नजिक पुग्ने गर्दछ । स्थानीय समाचारपत्रका अनुसार एक जनाल व्यक्तिले कोब्डस्क क्षेत्रको गुफामा यी बौद्ध भिक्षुलाई देखेका थिए । उनले भिक्षुलाई घर ल्याएर कयौ दिन राखे । त्यसपछि उनले मंगोलियाको राजधानी उलान बटोरस्थित आफ्नो घरमा लुकाए । उक्त व्यक्तिको नामक एनहतोर बताइएको छ। उनले यो ममीफाइड भिक्षुलाई कालो बजारमा बेच्ने प्रयास गरेका थिए । उनको योजना प्रहरीले थाहा पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

एनहतोर अहिले प्रहरी हिरासतमा रहेका छन् । उनलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने बताइएको छ। त्यति मात्र होइन, आरोप पुष्टि भए ४३ हजार डलर जरिवानासमेत हुने कानुनी व्यवस्था रहेको बताइएको छ। बौद्ध भिक्षुलाई भने अहिले नेशनल सेन्टर अफ फोरेन्सिक एक्सपर्टाइजको निगरानीमा राखिएको छ। यी बौद्ध भिक्षुको ममीफाइट बडी १२औं पन्डित हम्बो लामा टासी दोर्जे इटिलिजोभ (१८५२–१९२७ का गुरु भएको मानिएको छ।

उनका शरीर पनि यस्तै अवस्थामा भेटिएको थियो । तर, टासी दोर्जेको मामिलामा उनले आफ्ना अनुयायीहरुलाई आफ्नो शरीर मृत्युको ३० वर्षपछि निकाल्न भनेको बताइएको छ। टासी दोर्जेका अनुयायीहरुलाई पनि उनको शरीर पद्यासनमै फेला परेको थयो । शरीरमा कुनै हानीसमेत पुगेको थिएन ।

«
Next
»
Previous

No comments

Leave a Reply