Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 2:36 AM 0

८ असार काठमाडौं - झमझम पानी परिरहेको थियो । अफगानिस्तानबाट १२ नेपालीको शब बोकेर उडेको विमान भारतीय आकाशमा आइपुगेको दृश्य राडारले देखाइरहेको थियो । 

विमानस्थलमा चार महिने काखे नानी च्यापेर भावविह्वल बनेकी थिइन्- सञ्चिता लामा । काबुलमा मारिएका बुटवल निवासी जितेन्द्रसिंह थापाकी कान्छी पत्नी हुन् सञ्चिता । उनी काठमाडौंमै काखे नानीसहित बसेकी थिइन् । जितेन्द्रले काबुलबाट खर्च पठाएदिएर उनको जीविका चलेको थियो । विमानस्थलमा देखिएको उनको विक्षिप्त अनुहार र काखे नानीको अवोध चेहराले एउटा अन्तहीन पीडाको झल्को दिइरहेको सहजै महसुस गर्न सकिन्थ्यो । उता बुटवलमा रहेकी जेठी एवं बैधानिक पत्नी गौमती थापा पनि कम शोकमग्न बनेकी छैनन् । तथापि गौमती भने श्रीमानको शव ‘रिसिभ’ गर्न एयरपोर्ट आउन सकिनन् । 

गौमतीले आफ्ना श्रीमानको शव बुटवलसम्म ल्याउने व्यवस्था मिलाइदिन अनलाइनखबरमार्फत् सरकारसँग आग्रह गरेकी छिन् । यनका साथमा किशोरावस्थाका छोरा छन्, जसले कलिलै उमेरमा टुहुरोपन महसुस गरेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply