Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 9:47 PM 0

चलचित्र निर्देशक आलोक नेम्वाडको ११ दिनको पुण्य तिथिमा चलचित्रकर्मिहरुले गरेको श्रद्धान्जली सभामा उनका भिनाजु बिजय लामाले आलोकको निधनलाई अहिले नै आत्महत्या नभनीदिन सबैलाई आग्रह गरेका छन ।

 मिडियामा आलोकको निधनलाई आत्महत्या भनेर प्रचार गरिएपछि मेरो चित्त दुखेको हो उनले भने अहिले रिपोर्ट नआईकन आत्महत्या भन्नु गलत हो’ विजयले भने, प्रहरी र पोष्टमार्टमको रिपोर्ट नै सार्वजनिक भएको छैन । यसैले मेरो ठाउँमा बसेर विचार गर्नुहोस् त, आलोकले आत्महत्या गर्‍यो भन्दा मलाई के भएको होला ?’श्रद्धाञ्जली सभामा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले आलोककै कारणले आफूले फिल्म खेलेको बताइन् ।

उनले निर्देशक आलोक आफ्ना लागि सधैं नै विशेष रहेको बताइन् । उनले भनिन्, ‘आलोक नभएको भए सायद फिल्म खेल्थिन ।’ नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफूहरुका लागि सधैं विशेष रहेकाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको बताए ।

निर्मात्री पूनम गौतमले आलोकले निर्देशन गरेको अन्तिम फिल्म ‘अझै पनि’लाई आफूहरुले उनकै चाहना अनुसारकै बनाएर हलसम्म लैजाने बताइन् ।

«
Next
»
Previous

No comments

Leave a Reply