Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:53 AM 0

काठमाडौ । नायिका रेखा थापा फेरी एक पटक वैबाहिक बन्धनमा बाँधिएकी छन् । यसपटक भने उनी आफ्नो निजी जीवनमा नभई चलचित्र तथास्तुको एक दृश्यमा बैबाहिक बन्धनमा बाँधिएकी हुन् । चलचित्रमा पटक पटक हिन्दु परम्परामा बिहेको अनुभव बटुलीसकेकी रेखा यसपाली क्रिस्चीयन धर्मालम्बी भएर अभिनेता सुवास थापासँग चर्चमा बैबाहिक बन्धनमा बाँधिएकी हुन् । पौष २५ गते देशभरका हलबाट एकैसाथ प्रदर्शनमा आउन लागेको तथास्तुको रेखा र सुवासले बिहे गर्दै गरेको तस्बिर निर्माणपक्षले सार्वजनिक गरेको हो । जुन दृश्यले दर्शकमा कौतुहलतासँगै रोमाञ्चकता जन्माउने निर्देशक सविर श्रेष्ठको दाबी छ । रेखाको एक्सनले भरीपुर्ण नारीवादी भनिएको चलचित्रमा किशोर खतिवडा र विज्ञान जोशीको पनि अभिनय रहेको छ । जसमा निर्देशक श्रेष्ठले पहिलो हिरो स्क्रिप्ट र दोश्रो हिरो रेखा भएको बताएका छन् । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रामहरी धितालको पनि लगानी रहेको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply