Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:04 PM 0

मधेसी परिवारमा जन्मिएकी एक युवतीले आफू ९ वर्षदेखि लगातार यौन शोषणमा परेको बताएकी छिन् । यस्ता घटनाहरु नेपालमा धेरै हुने गर्छन् तर लाजमर्दो कुरा त यो छ कि यौन शोषण गर्ने व्यक्ति संयुक्त राष्ट्रसंघको कार्यालयमा काम गर्दै आएका एकजना नेपाली भएको बताएकी छिन्, ति युवतीले । जब युवती १३ वर्षकी थिइन्, त्यतीबेलादेखि नै उनीमाथि यौन शोषण भएको थियो । त्यतीबेला ति युवती काठमाडौंमा थिइन्, यौन शोषण जारी थियो । अहिले युवती अमेरिकाको न्युयोर्कमा छिन्, यौन शोषण अहिले पनि जारी छ । तिनै युवतीसँग केही पहिले कृष्णा गौतमले कुरा गर्दा उनले आफ्नो सम्पूर्ण व्यथा यसरी पोखिन् ।

म नेपालको पूर्वी तराईको जिल्ला उदयपुरमा एउटा गरिब मधेसी परिवारमा जन्मिएकी केटी हुँ । मेरा पनि धनी बाबुका छोराछोरीहरुले जस्तै राम्रा स्कुलमा पढेर राम्रो शिक्षा लिने इच्छा थियो । तर इच्छा भएर के गर्नु ? गरिब परिवारमा जन्मिएकाले राम्रो स्कुलको त कुरा छाडौं, नराम्रो स्कुलमा पनि पढ्न पाइन । घरमा खानलाउनको निकै दुख थियो । अरुको घरमा काम नगरेसम्म हाम्रो परिवार बाँच्न असम्भव जस्तै थियो । तर पनि जसोतसो दिन वितिरहेकै थिए । यस्तैमा एकदिन एकजना पहाडको दाजुले मेरो बुबाआमासँग मलाई काठमाडौं लैजाने कुरा गर्नुभयो । काठमाडौंमा एकजना धनी मान्छेको घरमा काम गर्न जानका लागि छोरीलाई पठाइदिनुपरयो भन्दै उहा“ले मेरो बाबुआमासँग प्रस्ताव राख्नुभयो । राम्रो परिवार भएकाले कुनै समस्या नहुने र काम गरेवापत घर खर्च चलाउन राम्रो पैसाको व्यवस्था गरिदिने आश्वासन समेत दिनुभएको थियो ति दाजुले ।

सुरुमा त नौलो ठाउमा पठाउन मेरो बुबाआमा निकै डराउनुभयो । गाउ“मा हुर्केकी केटी काठमाडौंमा के काम गर्न सक्ली र ? भन्दै उहा“हरुले पठाउने मन गर्नुभएन । तर दाजुले सबै कुरा सिकाउने र केटी टाठी भएकिले छिटो काम सिक्ने बताउनुभयो । घरको सामान्य काम मात्रै गर्नुपर्ने र पछि स्कुल पठाउने व्यवस्था समेत गरिदने आस्वासन दिएपनि बुबाआमाले पनि नाई भन्न सक्नुभएन । त्यसमा पनि घरखर्चको लागी राम्रो रकम आउने बताएपछि बुबाआमाले मलाई काठमाडौंमा काम गर्न पठाउने निधो गर्नुभयो । मलाई सोध्न जरुरी थिएन शायद । त्यसैले उहा“हरुले मलाई केही नसोधी काठमाडौं पठाउने निर्णय लिनुभयो । पछिमात्र उहाँहरुलाई मलाई काठमाडौं पठाउन लागेको जानकारी दिनुभयो । काठमाडौंमा काम गर्न जान पाउने भइस् , निकै भाग्यमानी रहिछस् भन्नुभयो आमाले । मैले जान्न भन्ने कुरा थिएन । किनभने मैले जान्छु वा जान्न भन्नुको कुनै अर्थ पनि थिएन । त्यतीबेला म १३ वर्षकी मात्र भएकाले के गर्दा ठीक हुने के गर्दा बेठिक हुने भन्नेबारे मलाई केही थाहा थिएन । एकातिर मलाई पनि काठमाडौंमा जान रहर लागेको थियो , अर्कातर्फ नौलो ठाउमा जान डर पनि लागेको थियो । तर पनि मलाई काठमाडौं पठाउने निर्णय भइसकेकाले म चुपचाप जानुको कुनै बिकल्प थिएन ।
कुराकानी भएको केही दिनपछि तिनै पहाडीया दाजुको जिम्मा लगाएर बुबाआमाले मलाई काठमाडौं पठाउनुभयो । आमाले हिड्ने बेलामा भन्नुभयो –“राम्रो स“ग काम गरेस् । मालिक मालिक्नीले जे भन्छन् खुरुखुरु मानेस् । मालिक मालिक्नीले जे भनेपनि मुखमुखै लाग्ने गरी जवाफ नदिएस् ।” मैले आमाको कुरामा स्वीकृती जनाएपछि उहा“ले मलाई अमेरिका लैजाने दाजुस“ग भन्नुभयो –“ बच्चै छे यो । केही गल्ती गरी भने अन्जान सम्झेर माफ दिनुहोला । ” त्यसपछि म तिनै दाजुका साथमा बस चढेर काठमाडौं आइपुगें । काठमाडौं आइपुगेपछि मलाई ति दाजुले एउटा परिवारमा जिम्मा लगाइदिए, जुन ठाँउमा काम गर्नका लागि म ल्याइएकी थिएँ। सुरुको दिन कुनै काम गर्नुपरेन । अर्को दिनदेखि मेरो काम सुरु भयो । खाना पकाउने, कपडा धुने र घर सरसफाई गर्ने काम थियो मेरो । १३ वर्षकी मात्र भएकाले यो सबै काम गर्न मेरा लागि निकै दौडधुप गर्नुपथ्र्यो । धनी परिवार नै भएकाले मलाई खासै समस्या थिएन । काम राम्रै गरेकाले मलाई मालिक्निले पनि मन पराउथिन् । मालिकले पनि मलाई मन पराउथें । दिनहरु राम्रै बितेका थिए । एकदिन मालिक्नी घरमा नभएको बेलामा मालिकले मलाई चिया बनाएर ल्याउन भने । मैले चिया बनाएर मालिकको कोठामा लगिदिएँ । मालिकले मलाई हात समातेर आफ्नो छेउँमा बस्न भने । मलाई ठूलो मान्छेको छेउमा बस्न मन लागेन । त्यसैले बस्न मानिन । तर उनले हात समातेर आफूतिर ताने ।

उनका कडा हातले मलाई बेस्सरी आफूतिर लपेटे । सुरुमा त उनले के गर्न खोजेका हुन् मैले केही बुझिन । तर उनको नियत नराम्रो भएको मैले बुझेपछि मैले प्रतिवाद गरें । उनले केही हुन्न भन्दै आफूतिर तानेर मलाई जबर्जस्ती गर्न लागे । मैले प्रतिवाद गरेपनि उनले कुनै वास्ता गरेनन् । अन्तत म मालिकको बेडरुममा बलात्कृत भएँ । मलाई असह्य पीडा भइरहेको थियो । म निकैबेर रोएँ । उनले मलाई राम्रा राम्रा कपडा किनिदिने र धेरै पैसा दिने लोभ देखाए । यो कुरा कतै भनेमा भने मारेर बोरामा हालेर बाग्मतीमा मिल्काइदिने धम्की दिएका थिए । मैले कतै गएर भन्ने ठाउमा पनि थिएन । १३ वर्षको उमेरमा यसरी बलात्कृत भएपछि म एक्लै बसेर निकैबेर रोएँ । त्यसदिन मालिकले मलाई २ सय रुपैया पनि दिएका थिए । मालिकले धम्की दिएकाले यो कुरा मैले कतै भनिन । तर यो क्रम निरन्तर जारी रह्यो ।

मालिक्नी नभएको बेलामा उनले सधैजसो मसँग यौनको प्यास मेटाउने गर्न थाले । सुरु सुरुमा त निकै रोएँ । मालिक्नीलाई सबैकुरा भनिदिउ जस्तो पनि लागेको थियो तर भनिन । यसरी म १३ वर्षको उमेरदेखि १७ वर्षको हु“दासम्म मालिकबाट बलात्कृत भए“ । मालिकको यौन प्यास मेटाउने सामान जस्तै भएकी थिएँ म । जब म १७ वर्षकी भएँ, तब मालिक र मालिक्नी अमेरिका आउने भए । मालिकले पनि मलाई अमेरिका लैजाने लोभ देखाउ“दै यौन प्यास मेट्दै गए । यस्तैमा मालिक अमेरिकामा आए । अमेरिका आएको केही समयपछि उनले मालिक्नी र मलाई पनि अमेरिका झिकाए । सुरुमा त मलाई अमेरिका ल्याउने कुरामा मालिक्नी सहमत थिइनन् । तर अमेरिकामा पनि आफूलाई काम गर्न मान्छे चाहिने बहाना बनाए मालिकले । के कस्ता कागजपत्र मिलाएर झिकाए मलाई थाहा छैन । अमेरिका आउन पाउने रहरका कारण मैले केही सोधिन । सोधेपनि मलाई के थाहा हुन्थ्यो र ? फेरी सोध्दैमा कहाँ बताउँथे र ? अमेरिका आइसकेपछि मालिकले संयुक्त राष्ट्रसंघमा जागिर गर्न थाले । मालिक्नीले बाहिर काम गर्न थालिन् ।

म घरको काम गर्न थालें । मेरो काम भनेको घरको सबै काम गर्ने र मालिकको यौन प्यास मेटाउने हुन थाल्यो । चारवर्ष अगाडि अमेरिका आएदेखि नै यो क्रम चलिरह्यो । पछि यो कुरा मालिक्नीले पनि थाहा पाउन थालिन् । सुरु सुरुमा त यही विषयलाई लिएर मालिक र मालिक्नीबीच झगडा पनि हुन्थ्यो । तर पछि शायद मालिक्नीलाई पनि बानि परेछ क्यारे, उनी झगडा गर्न छाडिन् । तर उनले मलाई भने फुटेको आँखाले पनि हेर्न रुचाउदिनथिन् । मालिकलाई जति बेला मन लाग्यो, त्यतीबेला म तयार हुनुपथ्र्यो । तर प्राय मालिक्नी घरमा नभएको बेलामा मालिकले मसँग यौन प्यास मेटाउने गर्थे । मालिक्नी शनिवार र आइतवार पनि काममा नै हुन्थिन् । मालिक भने शनिवार र आइतवार विदामा हुने भएकाले मसँगै हुन्थे । मलाई मालिकले रखेलको रुपमा राखेका थिए । पासपोर्टदेखि मेरा सबै कागजपत्रहरु मालिकसँग नै भएकाले म उनले जे गरेपनि चुपचाप सहन बाध्य थिएँ ।

मालिकको यौन प्यास मेटाउने साधनमात्र बनेर बस्दा मलाई यो जिन्दगी नै नारकीय जस्तो लाग्न थालेको छ । उनले मलाई श्रीमतिको रुपमा स्वीकार्न पनि सम्भव छैन । मलाई जीवनभर एउटी रखेल भएर बस्न मन छैन । मलाई पनि मेरो एउटा आफ्नै जीवन बाँच्ने रहर छ । किनभने अहिले म २२ वर्षकी भइसकें । यो सिंगो जीवनलाई म यौन प्यास मेटाउने साधन मात्र बनेर विताउन चाहन्न । यो सरासर ममाथि भएको यौन शोषण हो भन्ने कुरा मलाई थाहा छ । तर यो कुरा कहाँ गएर भन्नु ? जीन्दगीमा जे भयो भयो । अब म यो सबै विर्सेर एउटा नयाँ जीवनको सुरुवात गर्न चाहन्छु । नारकीय जीवनको अन्त्य गरेर म स्वतन्त्र भएर बाँच्न चाहन्छु । अब मलाई यि मालिक र मालिक्नीसँग बस्न पनि मन छैन ।

अहिले म बाहिर बस्न खोजिरहेकी छु । तर मालिकले भने मलाई आफूस“गै राख्न खोजिरहेका छन् । म आफ्नो भविश्यका लागि पनि केही गर्न चाहन्छु । त्यसैले म अहिले न्युयोर्कमा कामको खोजीमा समेत रहेकी छु । केही राम्रो काम पाइयो भने मैले आफ्नो नयाँ जीवन सुरुवात गर्न सक्छु कि भन्ने आशा छ । तर म अनपढ भएकाले अँग्रेजी बोल्न आउदैन । त्यसैले मेरा लागि अरु काम पाउन पनि निकै मुस्किल छ । भविश्य त कस्ले देखेको छ र ? तर पनि भविश्यमा भने म यस्तो यौनशोषणकोविरुद्ध आवाज उठाउनेछु । म जस्ता कैयन केटीहरु बाल्यअवस्थामा नै यौनशोषणको शिकार भइरहेका छन् ।

मेरो त जीन्दगी यस्तो भयो भयो , अरु बालिकाहरुको जिन्दगी यस्तो नहोस् भन्ने मेरो चाहना हो । बाबुआमाले पनि आफ्ना छोराछोरी काम गर्नका लागि अरुको हातमा सुम्पदा कस्तो व्यक्तिलाई सुम्पदैछु भन्ने कुरा ख्याल गर्नुपर्छ । सुम्पीसकेपछि पनि आफ्ना छोराछोरीहरु कुनै समस्यामा पो छन् कि भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । नत्र म जस्तै धेरै बालिकाहरु मालिकका ओछ्यानहरुमा बलात्कृत भइरहनेछन् । स्रोत @ हाम्रो संदेश  

«
Next
»
Previous

No comments

Leave a Reply