अब देखि ट्वीटरमा ग्रुप च्याट र भिडियो अपलोड गर्न सकिने
ABC Khabar Sansar
8:35 PM
0


यसरी सन्देश साटासाट गर्ने समूहमा रहेकाले एक अर्कालाई फलो नगरेपनि सन्देश साटासाट गर्न मिल्छ । वाट्स एप्स तथा लाइन जस्ता म्यासेजिङ एप्सले दिँदै आएको गु्रप च्याटको सुविधा ट्वीटरमा पनि हुनुपर्ने माग पछिल्लो समय बढेको थियो ।
ट्वीटरले गएको नोभेम्बरमा पहिलो पटक भिडियो राख्न मिल्ने सुविधाका बारेमा योजना बनाएको थियो । नयाँ सुविधा अनुसार अब प्रयोगकर्ताले ट्वीटर एप्समा रहेको क्यामरा बटनबाट ३० सेकेन्डसम्मको भिडियो राख्न, सेयर गर्न र सम्पादन गर्न सक्नेछन् ।
तपाईं पनि च्याट गर्न चाहनुहुन्छ भने आफ्नो ट्वीटर अकाउन्टबाट डाइरेक्ट म्यासेज अर्थात डिएम गर्नुहोस् । त्यो डिएम च्याटमा परिवर्तन हुने छ । ग्रुप च्याटबारे जानकारी दिन ट्वीटरमा बनाएको तलको भिडियो हेर्नुहोस् ।

No comments