Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 1:22 AM 0

एजेन्सी । डीसी टोय कलेक्टर यो त्यो यु ट्युब च्यानलको नाम हो जुन यस सामाजिक सञ्जालमा सर्वाधिक कमाई गर्ने च्यालन बनेको छ । यो च्यानलमा १६ सयभन्दा बढी खेलौनाको भिडियो छ । विशेष कुरा त यो भिडियो बनाउने महिलाले आफ्नो पहिचान रहस्यमयी ढंगले गुप्त राखेकी छन् ।

भिडियोमा मात्र उनको हातको नङ्गमा सुन्दर नङपालिस देखिन्छ । एउटा एनालिटिक कम्पनी ओपन स्लेटको तथ्याङ्कअनुसार डिजनी पात्रोमा आधारित खेलौनाको भिडियो समर्पित गर्ने यो च्यानलले सन् २०१४ मा विज्ञापनको माध्यमबाट ५ मिलियन डलरभन्दा बढी आम्दानि गरेको छ ।

यो च्यानलमा उपलव्ध सबैभन्दा लोकप्रिय भिडियो अहिलेसम्म १८४ मिलियन पटक हेरिएको छ । २०११ मा यो च्यानलको सुरुवातपछि आश्चर्यजनक रुपमा ३.४ मिलियन सब्सक्राइबर छन् । यसको न्युज ४ अर्ब छ । यद्यपि यो भिडियोमा खेलौना प्रस्तुत गर्नेको हात कस्को हो यो रहस्यमयी नै छ ।

आफ्नो यु ट्युब प्रोफाइलमा यी महिलाले आफ्नो खेलौना जम्मा गर्ने शौख रहेको र आफूसँग खेलौनाको ठुलो कलेक्सन रहेको बताएकी छन् ।यी महिला स्पेनिस र पोर्चुगिज भाषा बोल्छिन् ।

«
Next
»
Previous

No comments

Leave a Reply