Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 11:07 PM 0

एजेन्सी । संसार विचित्रको छ । संसारमा विविध किसिमका अनौठा घटनाहरु सुन्न पाइन्छ । त्यस्तै अनौठो घटनामध्ये एउटा घटना हो, जर्मनीको । जर्मनीमा एकजना यस्ता बच्चा छन्, जसले जति खाएपनि उनको पेट अघाउने गरेको छैन ।

पछिल्ला दिनमा सो घटनालाई संसारका विभिन्न सञ्चारमाध्यामहरुले प्राथमिकता दिइरहेका छन् । भर्खर तीन वर्ष उमेर भएका ती बालक खाएकै भरमा अहिले ४० केजीका भैसकेका छन् । जति खाएपनि खानाको खोजीमा रहने ती बालकलाई कहिल्यै अघाउन नसकिएको उनका बाबुआमाहरुले बताउने गरेका छन् ।

शुरुमा आफ्नो बच्चामा कुनै किसिमको रोग लागेको होकी भनी अस्पताल भौतारिएका उनका बाबुआमालाई अन्ततः डाक्टरहरुको एउटा समुहले बच्चाको रोगबारे बताएका थिए । ती बालकमा रहेको रोग लेप्टिन नामको हर्मोनले गर्दा भएको केही समयअघि जर्मनीको उल्म मेडिकल कलेजको एउटा रिसर्च टिमले सुझाव दिएको थियो ।

लेप्टिन नामका हर्मोनले कुनैपनि मानिसको दिमागमा सन्देश पठाउने काम गर्ने उनीहरुले सुझाएका थिए । कुनैपनि मानिसले खान खाएर अघाएको संकेत त्यस हर्मोनले दिने हो, तैपनि पछि ती बालकमा उक्त हर्मोनको अवस्था पनि सामान्य रहेको भन्दै डाक्टरहरुले आश्चर्य व्यक्त गरेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply