Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News

ABC Khabar Sansar 7:46 PM 0

सिलिकन भ्यालीको स्टार्टअप कम्पनी स्प्रेएबलले एउटा यस्तो स्प्रे तयार पारेको छ जसले तपाईंलाई सुत्न मद्दत गर्नेछ । प्राकृतिक रुपमा नै सुत्न सहयोग गर्नेे उक्त स्प्रे विश्वकै पहिलो ट्रपिकल मेलाटोनिन स्प्रे हो । हुनतः सुत्न समस्या हुने मानिसहरुलाई मेलाटोनिन चक्की पहिलेदेखि नै प्रयोग गर्न दिइँदै आएको हो ।

 यद्यपि यस स्प्रेका निर्माताहरुले भने यस ‘स्प्रेएबल स्लिप’ ले चक्कीको तुलनामा धेरै फाइदा गर्ने दाबी गरेका छन् । यस कप्पनीका पार्टनरद्वय बेन यु (२२) र देभन सोनी (३५) का अनुसार मेलाटोनिन चक्कीमा भएको हर्मोनले मानिसको पाचक प्रक्रियामा असर गर्नेगर्छ । तर, स्प्रेमा भने त्यो समस्या देखिँदैन । ‘स्प्रेबाट तपाईंलाई चाहिएको मात्रामा मात्र मेलाटोनिन लिन सक्नुहुन्छ ।

यो चक्कीको तुलनामा ३० गुणा कम हुन्छ,’ यसका निर्माता बताउँछन् । उनीहरु भन्छन्, ‘यस स्प्रेले मानिसहरुलाई आफ्नो निद्रामा नियन्त्रण गर्न सक्छन् । यात्रा गर्दा, राती अबेर काम गर्दा यस स्प्रेले मानिसलाई चाहेको बेला सुत्न मद्दत गर्नेछ र उठ्दा मानिस पुनः ताजा बन्नेछन् । हरेक बोतलमा ६० पटक स्प्रे गर्न मिल्छ । एक प्रयोगमा दुई पटक स्प्रे गर्नुपर्ने भएकाले एउटा बोतल एक महिना टिक्न सक्छ ।

यसलाई मेलाटोनिन, टाइरोसिन र डिस्टिल्ड पानी प्रयोग गरेर तयार गरिएको छ । यसको प्रयोग गर्दा घाँटीमा दुई पटक स्प्रे गर्नुपर्नेछ । त्यसपछि विस्तारै प्रयोगकर्ताको आँखा भारी बन्दै जान्छ र निद्रामा मस्त बन्नेछन् । ५ मिलिलिटरको यस स्प्रेको एउटा बोतलको मूल्य १५ डलर तय गरिएको छ । 

«
Next
»
Previous

No comments

Leave a Reply