Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:25 PM 0

काठमाडौं । फोनमार्फत अश्लिल गाली गलौज गरेको आरोपमा पक्राउ परेका प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यमाथि प्रहरीले सार्वजनिक अपराध एनेअन्तर्गत कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरुविरुद्द सार्वजनिक अपराध मुद्दा लगाउने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले थुनामा राखेर अनुसन्धान गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको हो । उनीहरुले म्युजिक भिडियो कम्पनी सञ्चालक हर्षवर्धन साहनीलाई टेलिफोनमा अश्लील गाली गर्नुका साथै ज्यान मार्ने धम्की दिएको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

महाशाखा प्रमुख एसएसपी पुस्कर कार्कीले उनीहरु दुवैले अभियोग स्वीकार गरेको बताए । यसअघि उक्त जोलीलाई बीच सडकमै गाडीभित्र आपत्तिजनक गतिविधि गरेको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको थियो ।

 यद्यपि आफूहरुले केही गल्ती नगरेको र हावा कम भएका कारण गाडी हल्लिएको दाबी गरेपछि प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply