Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 7:38 PM 0

काठमाडौ । यातायात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा विगत पाँच वर्षदेखि धमाधम नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बिक्री हुँदै आएको रहस्य खुलेको छ । नक्कली लाइसेन्स बेच्ने गिरोहका दुई सदस्यलाई ट्राफिक प्रहरीले पक्राउ गरेपछि यसबारे पत्ता लागेको हो ।

ट्राफिक प्रहरीले लाईसेन्स बनाउन प्रयोग गर्ने प्रिन्ट मेसिन र तयारी अवस्थाका दर्जनौ लाईसेन्स सहित श्यामकृष्ण डंगोल र रमेश नापितलाई पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नक्कली लाईसेन्सबारे जानकारी दिंदै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने,‘ यातायातका कर्मचारीकै मिलेमतोमा लाईसेन्स बनाउने गरेको सूचना हामीले पाएका छौं।’

पक्राउ पर्नेमा श्यामकृष्ण डंगोल र कुसुन्तीका रमेश नापित छन्। उनीहरूले कृष्ण मुरारी नाममा व्यक्तिको प्रत्यक्ष संलग्नतामा लाईसेन्स बिक्री गर्ने ग्राहक खोज्ने कार्य गर्दै आएका थिए।

«
Next
»
Previous

No comments

Leave a Reply