Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:26 PM 0

कीर्तिमानी खेलाडी दिपक विष्टले शनिबार आफ्नो खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । दशौ साफ च्याम्पियनसीपपछि रिङमा नउत्रिएका विष्टले सन्यासको घोषणा गर्दा माहोल निकै भावुक देखिन्थ्यो । सुदुरपश्चिमको कञ्चनपुरमा जन्मिएका विष्टले देशका लागि पटक–पटक उपाधी चुमेका छन् । लोकप्रिय मानिएका खेलाडी दिपक विष्टले सन्यास लिने चर्चा यसअघि नै चलिसकेको थियो । विष्टले दक्षिण एसियाली खेलकुद साफमा लगातार चार पटक स्वर्ण पक जितेका छन् । 

विष्टले एसियाडमा दुई कास्य जितेका छन् । विष्ट दसौं साफपछि रिङमा उत्रिएका थिएनन् । अब उनी प्रशिक्षकका रुपमा खेल जगतमा क्रियाशील रहने भएका छन् । नेपाली खेलुकुद क्षेत्रका धरोहर दिपक विष्ट । नेपाली खेल जगतमा दिपक विष्टलाई नचिन्ने विरलै होलान् । जबजब नेपाली खेलकुदमा दिपक विष्टको नाम गुन्जिन्छ तबतब राष्ट्रले गौरव महशुस गर्छ । नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा फहराउन दिपक विष्टले खेल जीवनमा संघर्षपूर्ण यात्रा जारी राखे । 

उनी कहिले हार्दाहार्दै जिते त कहिले जित्दाजित्दै हारे । तर कहिले थाकेनन् उनी । खेलिरहे देशका लागि देशले सम्झिए पनि नसम्झिए पनि। दीपकले एसियाली खेलकुद प्रतियोगितामा दुई काश्य र दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण पदक जित्दै नेपाली खेलकुद इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भए । तर अब दिपक रिङमा भिड्दै गरेको अवस्थामा देखिने छैनन् । किनकी शनिबारबाट उनले खेल जीवनलाई औपचारिक रुपमै विदाई गरेका छन् । 

आफ्नो सन्यासवारे जानकारी गराउदै गर्दा उनी बेलाबेला भावुक पनि भइरहेका थिए । वि.स २०३३ साल अषाढ १९ गते कञ्चनपुरको विकट गाउँ विचवामा जन्मेका दिपक नेपाली तेक्वान्दोमा प्रवेश नगरेका भए सायद कुटो, कोदालो र बस्तुभाउकै सेवामा सीमित हुन्थे । सामान्य किसान परिवारमा जन्मेका दिपकले विक्रम सम्बत २०४८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे थिए । बुवा महाबिर र आमा कलावती देवी विष्ट आफ्नो पहिलो सन्तानलाई डान्टर या इन्जिनियर बनाउन चाहन्थे । त्यसबेला तेक्वान्दो खेलेर दीपक बिग्रिने भो भन्ने चिन्ताले अभिभावकलाई सताएको थियो । 

त्यसैले शुभारम्भमा दीपकले लुकेर तेक्वान्दो खेल्नु प¥यो । विक्रम सम्बत २०५३ सालमा हेटौडामा भएको चौथौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट राष्ट्रिय खेलमा डेब्यु गरेका विष्टले पहिलो सहभागितामै स्वर्ण पदक हात पारेका थिए । त्यसपछि उनी कहिल्यै पनि राष्ट्रिय प्रतियोगितामा पराजीत भएनन् । सन् २००२ मा दक्षिण कोरियाको बुसानमा भएको एसियन गेम र २००६ मा दोहामा भएको एसियन गेममा काश्य पदक जित्दै एसियाडमा लगातार दुई काश्य पदक जित्ने पहिलो नेपाली खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भए ।

 दक्षिण एसियाली राष्ट्रकै सर्वाधिक सफल तेक्वान्दो खेलाडी दीपकले १९९९ मा काठमाडौमा भएको आठौ, २००४ मा पाकिस्तानको ईस्लामावादमा भएको नौं, २००६ मा श्रीलकामा भएको १० औं र २०१० मा बगादेशमा भएको ११ औं सागमा नेपाललाई लगातार चार स्वर्ण पदक दिलाएर कीर्तिमान कायम गरे । नवौ सागमा खुट्टा भाँचिएपछि उनको खेल जिवन समाप्त भयो भन्ने उनका आलोचक पनि थिए । तर उनको गतिलाई भाँचिएको खुट्टाले रोकेन । त्यसपछि पनि नेपाललाई लगातार दुई वटा साग गेम्समा स्वर्ण दिलाएर सबैलाई चकित पारिदिए । उनको सपना साग र एसियाडमा मात्र सीमिति थिएन । 

उनी ओलम्पिक गेम्समा नेपालका लागि पदक भित्राउन चाहन्थे । त्यसका लागि उनले भोक प्यास, दिन रात केहि नभनि मेहनत गरे । जसका कारण वाइल्डकार्ड विना ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागी हुने पहिलो नेपाली पुरुष खेलाडीका रुपमा आफूलाई उभ्याउन सफल भए । २००८ मा चीनको बेइजिङममा भएको २९ औं गृष्मकालिन ओलम्पिकमा दीपकले छनोट चरण पार गरेका थिए । ओलम्पिकको पहिलो फाइटमै विश्व च्याम्पियनसँग भिड्नुपर्दा दीपकको ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको थियो । 

दिपक विष्टजस्ता खेलाडी जन्माउन राष्ट्रले पनि खेल क्षेत्रमा लगानी बढाउँदै खेल क्षेत्रमा लाग्न युवाहरुलाई प्रेरित गर्नुपर्छ । साथै कीर्तिमानी खेलाडी दिपकले खेल जीवनबाट सन्यास घोषणा गरे पनि प्रशिक्षकका रुपमा यात्रा जारी राख्ने बताएका छन् । त्यसैले उनको प्रशिक्षणबाट अन्य दिपक विष्टहरुको अपेक्षा गर्न सकिन्छ । उनको यो प्रयासमा सम्बन्धित निकायले सघाउनु भने आवश्यक छ।

«
Next
»
Previous

No comments

Leave a Reply