Select Menu
data-language="en"
Select Menu

Society

National News

Entertainment News

Culture : Life Style

Unbelievable News

Hot Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


ABC Khabar Sansar 6:09 AM 0

इलाम । चियाखेतीका लागि प्रख्यात इलामको कन्यामका युवा हरियो चियाको मूल्य खस्किँदै जाँदा वैकल्पिक कृषि व्यवसायमा लागेका छन् । कन्यामका एक हजार ३५ किसानको सक्रियतामा १० लाख लगानीमा चिस्यान केन्द्र स्थापना गरी बाहिरी जिल्लामा दूध निकासी गर्न थालिएको हो ।

कन्यामको सिद्धिगाउँमा युवाकै सक्रियतामा तीनवटा गाई फार्म स्थापना गरिएका छन् । गाउँमा फार्म दर्ता गरी गाईपालन व्यवसाय सुरु गर्न युवा अग्रसर हुन थालेका हुन् । चियामा उत्पादन मूल्य बिक्री मूल्यभन्दा बढी भएकाले फाइदा हुन छाडेको र यसका लागि विकल्प सुरु गर्न बाध्य भएको कन्यामका हरियाली कृषि तथा पशुपालन फार्मका सञ्चालक तुलाराम श्रेष्ठको भनाइ छ ।

युवाको सक्रियतामा गाई फार्ममा उत्पादित दूध त्यहाँकै सिद्धबाबा दुग्ध उत्पादक सहकारीमा जम्मा हुने गर्दछ । यस्ता १२ सहकारी मिलेर कन्यामकै पालटाँगेमा चिस्यान केन्द्र स्थापना गरिएको सहकारीका व्यवस्थापक पदम गिरीले बताउनुभयो । यहाँ उत्पादित दूध सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारीले खरिद गर्ने गरेको छ ।

वार्षिक रु छ करोडबराबरको दूध बिक्री गर्ने कन्यामका किसानले उक्त सहकारीबाट बोनस र ढुवानी खर्चसमेत पाउने गरेका छन् । दूधको बजार भए पनि ढुवानीका लागि घोडाकै प्रयोग गर्ने गरेको किसानको भनाइ छ । गाईपालनमा संलग्न किसानले विभिन्न जातका उन्नत घाँस रोपण र गाईपालन तालिमकोसमेत अनुभव हासिल गरेका छन् । तालिममा जिल्ला पशु सेवा कार्यालय र उन्नति परियोजना संस्थाले सहयोग गरेका छन् ।
विसं २०५९ बाट गाउँमा स्थापना भएका दुग्ध सहकारीले निजीस्तरमा दूध प्रशोधन थाल्न सहयोग जुटाउन थालेका हुन् । यहाँका किसानले चियाखेतीबाहेक दूध बेचेर पनि जीवन निर्वाह हुने व्यवसाय गरिरहेका छन् ।

«
Next
»
Previous

No comments

Leave a Reply